चितवन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयरमा जितेपछि नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहालले भरतपुरलाई समृद्ध, व्यवस्थित र नमूना महानगर बनाइने घोषणा गरेकी छिन् ।
भरतपुर महानगरलाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउने उनको घोषणा छ । ‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’ उनले भनिन् ।
उनले पहिलो काम एकल महिलाका निम्ति गर्ने पनि बताइन् । जुन दलबाट उम्मेदवार भएपनि अब आफू साझा भएको रेणुले बताइन् । समृद्ध महानगर बनाउन सबै दलसँग हातेमालो गरेर अघि बढ्ने उनको भनाइ छ ।
भरतपुर प्राकृतिक सम्पदाले धनी महानगर भएको भन्दै रेणुले स्रोतसाधनको अधिकतम उपयोग गरी विकास निर्माणलाई तीव्रता दिइने बताइन् ।
यसैगरी, उपमेयरमा विजयी काँग्रेसकी पार्वती शाहले देशको मध्यभागमा रहेको महानगरलाई न्याय र समानताका लागि चिनाउने बताइन् । महानगरमा प्रमुख र उपप्रमुख दुवैमा महिला विजयी भएको भन्दै उनले महिला हक अधिकारका लागि कोही वञ्चित हुनु नपर्ने बताइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्