Skip to content
LAXMI SUNRISE BANK

एसएलसीमा फेल, राजनीतिमा दोश्रो पटकमा पास, यस्तो छ रेणुको बायोडाटा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी रेणु दाहाल प्रचण्डपुत्री हुन् । माओवादी भूमिगत भएदेखि नै उनी पनि २०५२ सालमा भूमिगत भएकी थिईन् । पश्चिम चितवनको साविक शारदानगर ८ भिमसेन नगरमा २०३३ असार २२ गते जन्मिएकी दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो । हाल उनका एक छोरा र एक छोरी छन् । उनी भरतपुर महानगरपालिका–१० मा बस्दै आएका छन् । 
पश्चिम चितवनको साविक शारदानगर ८ भिमसेन नगरमा २०३३ असार २२ गते जन्मिएकी रेणुले १० कक्षासम्मको अध्ययन गरेकी छिन् । उनी एसएलसीमा भने फेल भएकी थिइन् । २०५२ सालदेखि माओवादी आन्दोलनमा लागेकी रेणु प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसकेकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव हुन । दाहाल काठमाडौँका जिल्ला सहसचिव हुदै हाल पार्टीको पोलिटब्यूरो सदस्य छन् ।
चितवनमै प्रवेशिकासम्मको अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् बनेकी थिइन । दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेकी दाहाल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भइन् ।
अव उनी भरतपुर महानगर पालिकाको मेयरको रुपमा रहनेछिन् ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK