
भरतपुर महानगरपालिकामा नेकपा एमालेलाई खतरा बढेको छ । पछिल्लो अपडेट अनुसार देवी ज्ञवाली १७० मतले मात्र अगाडी छन् । पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एमालेको विजय यात्रामा धक्का लाग्ने खतरा बढेको छ ।
१९ वडाको मतगणना सकिँदा देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणुले ४१ हजार ७२५ मत ल्याएकी छन् । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ३८६०५ मत पाउँदा कांग्रेसका उम्मेदवारले ४५६२३ मत ल्याएका छन् । भरतपुर २० मा ३३ सय २ मत खसेको छ । तर, यसअघि नै निर्वाचन भएका कारण काँग्रेसको मत देवी र रेणु दुवैका लागि बाँडिएको अनुमान गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्