
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भएको समयमा संसद भवन बानेश्वरको हातामा रहेको चमेना गृहमा मासुभात खाएका थिए । त्यतिबेला उनलाई झाडा पखाला लगेर ओछयानमा नै सुत्नु परेको थियो कारण थियो, मरेका कुखुराको मासु । त्यतिबेला भट्टराईले चमेना गृहका संचालकलाई निकाली दिएका थिए । त्यस्तै केहि समयपछि फेरी सांसदको चमेना गृहमा लापरवाही देखिएको छ ।
सांसद एवं पूर्वकृषि राज्यमन्त्री राधिका तामाङ बैठक सकिएपछि उनलाई भोक लागेकाले चमेना गृहमा गइन् । आफू र सहयोगलाई चाउमिन अर्डर गरिन् । भोकले गर्दा उनीले केहि चम्चा चाउमिन खाइन् । चाउमिन केहि मात्र खाएकी तामाङले प्लेटमा हरियो झिंगा देखिन् र कर्मचारीलाई चमेना गृहका सञ्चालकलाई बोलाउन अह्राइन् । चमेना गृहका कर्मचारीले साहुजीलाई बोलायो तर उनीआएनन् । त्यसपछि भिक भोकै तामाङले डेरा तिर लागिन् । उनीले भनिन् – देशका मान्यजन र देशका ठूलाबडा खाने ठाउँमा त लापरवाही छ भने बाहिरका अरु होटेल र रेष्टुरेण्टको हालत त के होला भनि चिन्ता ब्यक्त गरिन् । त्यसबारे आफूले सम्वद्ध निकायमा जानकारी गराएर कारबाहीका लागि दबाब दिने उनले जनाइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्