×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृह मन्त्रालयले गर्यो २० सीडीओसहित ३१ कर्मचारीको सरुवा -कोको परे सरुवामा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गृह मन्त्रालयले गर्यो २० सीडीओसहित ३१ कर्मचारीको सरुवा -कोको परे सरुवामा ?

Artha Sarokar

९ भाद्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गृह मन्त्रालयले सहसचिव स्तरका ९ र उपसचिव स्तरका ११ गरी २० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी गरी २० सीडीओसहित अन्य ११ जना कर्मचारीहरुको पनि सरुवा गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार सुर्खेतमा कार्यरत प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई भक्तपुर ल्याइएको छ ।त्यस्तै सुर्खेतको सीडीओमा भने गृहमै कार्यरत सीताराम कार्कीलाई पठाइएको छ ।यस्तै गृहमै रहेका चक्रबहादुर बुढालाइ मकवानपुरको सीडीओमा पठाइएको छ भने मकवानपुरका सीडीओ नारायणप्रसाद दुवाडीलाइ चाहिँ गृह मन्त्रालयमा तानिएको छ ।
मकवानपुरमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरी पन्तलाई मनाङ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रहेका पुष्पराज शाहीलाई जाजरकोट, एकदेव अधिकारीलाई खोटाङ र धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी किशोर चौधरीलाई अछामको सीडीओ बनाएर पठाइएको छ ।
को को परे सरुवामा, कहाँ कहाँ पुगे?
– एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी