
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नारायणगढ–मुग्लिन सडकको निरीक्षण आज प्रधानमन्त्री शेरबहादुर देउवाले गरिरहनु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सडक विभागका अन्य अधिकारीहरु पनि प्रधानमन्त्रीसँगै चितवन गएका छन् । प्रधानमन्त्रीले त्यहाँ भइरहेको सडक निर्माणबारे अबलोकन गर्ने भएका छन् ।
नारायणगढ–मुग्लिन सडक निर्माण क्षेत्रमा मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की पुगिसकेका थिए ।
आजभोलि रातको समयमा नारायणगढ–मुग्लिन सडकखण्डमा बन्द गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सवारीसाधनको किसिम र सडकको रुट हेरी साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरेको छ ।
बाटो बन्दको कारण दैनिक हजारौँ यात्रुले सास्ती खेपी रहेका छन् ।सडकमा रात्रिकालीन समयमा संसद्को विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशन अनुसार सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्