- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बाढी पिडित तराईमा भीभीआईपीको आउने जाने क्रम भइरहेको छ । यस्तै तराईमा जाने आउने क्रम भइरहेको बिषयमा बुधवार व्यवस्थापिका संसदमा माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले बाढी पीडितको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । संसदमा बोल्दै बस्नेतले बाढी पीडितको उद्धारको विषयलाई राष्ट्रको समस्याको रुपमा हेर्न आग्रह गर्दै यसलाई समाधन गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
राहत वितरणमा प्रतिपक्ष र सत्तापक्ष भनेर सस्तो लोकप्रियताको लागी होडबाजी गर्ने काम तत्काललाई बन्द गरौ । यो राष्ट्रिय समस्यालाई सबैले मिलेर हल गर्ने कोशिस गरौ र तराईमा भीभीआईपीको मुभमेण्ट बढी हुँदा जिल्लाका सरकारी संयन्त्र उनीहरुको व्यवस्थापनमा लाग्नुपर्ने समस्या देखिएको छ । पिडितहरुलाई अहिले राहत लगायत सुरक्षाको खाचो भएकोले भीभीआईपीको मुभमेण्ट भैरहदा बढी ध्यान उहाहरु तिर नै भएकाले केही समय भीभीआईपीको मुभमेण्ट कम गर्नुपर्ने बताएका छन् ।
बाढी प्रभावित क्षेत्रमा भिभिआईपीको मुभमेण्ट बढी हुँदा जिल्लास्थित सुरक्षा समिति व्यवस्थापनमा लाग्नुपर्ने समस्या हुन्छ त्यसैले पछिल्ला समयमा भिआइपीहरु तराईमा जान कम गरी राहत दिनमा समय खर्च गरे अझ राम्रो हुने समेत माओवादी केन्द्रका नेता बस्नेतले आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्