Skip to content
LAXMI SUNRISE BANK

हेटौंडामा पनि संचालन हुँदैछ सेयर तालिम, नवप्रवेशी लगानीकर्ताहरुलाई फाइदा पुग्ने आयोजकको विश्वास !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – नारायण्गढ़, बुटवल र काठमाडौँको सफलतापछी क्यापिटल प्लसले हेटौंडामा पनि सेयर तालिम संचालन गर्ने भएको छ । सेयर बजारका बारेमा सचेतना फैलाउने उदेश्यले देशका विभिन्न भागमा सेयर बजारसम्बन्धी तालिम आयोजना गर्दै आएको उक्त कम्पनीले यसलाई विस्तार गर्दै हेटौंडामा पनि कार्यक्रम आयोजना गर्न लागेको हो ।उक्त कार्यक्रमलाइ थ्री एस इन्भेष्टमेन्टले प्रस्तुत गरेको हो । 
उक्त कार्यक्रममा सेयर बजार सम्बन्धी जानकारी, वासलातका विभिन्न पक्ष, सेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु अलगायतका विषयमा अन्तरक्रिया हुने आयोजकको भनाइ छ । ‘बचतलाई लगानीमा परिणत गरौँ’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा सहभागी हुन क्यापिटल प्लसका संचालक सन्तोष क्षेत्रीलाई 9860105097 मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ । शनिबार हुने उक्त कार्यक्रममा ठुलो संख्यामा सहभागीहरुको सहभागीता हुने आयोजकले विश्वास लिएको छ । क्यापिटल प्लसले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ । उक्त कार्यर्कममा अर्थ सरोकार डटकम अफिसियल मिडिया पार्टनरका रुपमा रहेको छ ।
 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK