
हेटौंडा – सेयर बजारमा राजधानी बाहिरका लगानीकर्ताको सक्रियता बढाउने उद्धेश्यले हेटौडामा आयोजित एकदिने आधारभुत सेयर तालिम सफलताका साथ सम्पन्न भएको छ । हेटौडाको इतिहासमा पहिलोपटक क्यापिटल प्लस (CapitalPlus) ले आयोजना गरेको एकदिने सेयर तालिममा हेटौडाका साथै बीरगंजबाट समेत लगानीकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
क्यापिटल प्लस (CapitalPlus) का अध्यक्ष कमल पौडेलको अध्यक्षता सम्पन्न सो कार्यक्रमको प्रमुख अथिति हेटौडा उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने रहेका थिए । नेशनल मर्चेन्ट बैंकका ट्रेनिङ एण्ड डेभलपमेन्ट शाखा प्रमुख सन्तोष राज बजगाई तथा सोही मर्चेन्ट बैंकका रिसर्च शाखा प्रमुख विनोद आलेले कार्यक्रममा ‘ट्रेनर’को रुपमा कार्यक्रम सन्चालन गर्नु भएको सो कार्यक्रममा निकट भविष्यमा संचालनको तयारीमा रहेको युनियन लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक महन्त कुशवाहाले नेपालको सेयर बजारको बारेमा आफ्नो विचार राखेका थिए ।

सेयर कारोबारका लागि आवश्यक आधारभुत ज्ञान प्रदान गर्ने उदेश्यले तालिम आयोजना गरिएको आयोजक संस्था क्यापिटल प्लस (CapitalPlus) का संचालकहरुले बताएका छन् । उक्त एक दिने आधारभुत सेयर तालिममा एक सय २८ जनाको सहभागिता रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्