×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवलोकनको बहानामा सुटुक्क भरतपुर पुगेर रेणुलाई भोट मागे प्रधानमन्त्री देउवाले !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अवलोकनको बहानामा सुटुक्क भरतपुर पुगेर रेणुलाई भोट मागे प्रधानमन्त्री देउवाले !

Artha Sarokar

१९ श्रावण २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस-माओवादी केन्द्र गठबन्धनकी उम्मेद्धार रेणु दाहाललाई भोट मागेका छन् । बुधबार भरतपुर पुगेका देउवाले रेणुलाई भोट माग्दै कांग्रेसका कार्यकर्ताहरुलाई हँसिया हतौडामा मात्र भोट हाल्न निर्देशन समेत दिए । 
भरतपुर महानगरपालिका वडा नं १९ मा साउन २० गते निर्वाचन हुँदैछ । सडक खण्डको अवलोकन निरक्षणमा गर्न पुगेका देउवा त्यहाँ पुग्दा निर्वाचनको माहोल शुन्य थियो । माहोल शुन्यको बेलामा उनले चितवन कांग्रेसका नेता कार्यकर्तालाई भेटघाटका लागि बोलाएर चुनाबमा हँसिया हतौडामा भोट हाल्न निर्देशन दिएका हुन् ।
देउवाले ४५ मिनेटको छलफलमा माओवादी उम्मेद्धार रणु दाहाललाई जिताउन कांग्रेस नेता कार्यकर्तालाई प्रचार गर्न आग्रह गरेका थिए । ‘जसले गठबन्धनबिरुद्ध मत हाल्दैन, उसका नाम टिपेर म कहाँ पठाउनु, पार्टी निर्देशन नमान्ने कांग्रेस कार्यकर्ता हुँदैन,त्यसैले म त्यस्ता कार्यकतालाई कारवाही गर्छु ।’ देउवाको भनाई उदृत गर्दै कार्यक्रममा सहभागी एक कार्यकर्ताले भने ।
माओवादी केन्द्रका अध्यक्षसँगको छलफलपछि नारायणगढ-मुग्लिन सडकखण्डको अवलोकन गर्ने बहानामा देउवा भरतपुर् पुगेका थिए । प्रधानमन्त्री देउवाले बुधबार नारायणगढ-मुग्लिन सडकखण्डको हवाई तथा स्थलगत अवलोकन पनि गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी