काठमाडौं – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय भूमिमा संविधान संशोधनको प्रसंग उठाएर प्रधानमन्त्रीले देशको शिर निहुँराएको आरोप लगाइरहेका बेला बाह्य हस्तक्षेप आफुलाई नै स्वीकार्य नभएको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका छन् ।
भारत भ्रमणबाट फर्केपछि सोमवार ब्यवस्थापिका संसदमा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रमा नेपालले अपनाएको विधिका बिषयमा कुरा भएको बताए । ‘संविधान संशोधन गर्न म फेरी प्रयास गर्नेछु, मैले यही भनेको थिएँ, यसले कसरी राष्ट्रको शिर निहुँरायो’ देउवाले भने ‘विदेशी हस्तक्षेप मलाई नै स्वीकार्य छैन ।
आफ्नो भारत भ्रमण सफल भएको दावी गर्दै प्रधानमन्त्री देउवाले नेपालको हितका लागि विभिन्न क्षेत्रसँग बैठक र छलफल गरेको बताए । विहारका मुख्यमन्त्री नितिशकुमार देखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म नेपालका हितका लागि आफुले बैठक गरेको बताए । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्