काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाललाई हिन्दू राष्ट्र बनाउने खतरानाक विषयमा सहमति भएको रहस्य खुलेको छ ।
संविधान संशोधनबारेको अभिव्यक्ति र सप्तकोशीमा उच्च बाँध बनाउने सम्झौताका कारण देशभित्र चर्काे आलोचना र विरोध भइरहेका बेला देउवाले हिन्दू राष्ट्रबारे मोदीसँग ठोस सहमति गरेपछि नेपाली राजनीतिमा अर्को कोलाहलको स्थिति सृजना भएको छ ।
पत्नी आरजु राणासहित ४८ सदस्यी टोलीको नेतृत्व गर्दै गत बुधबार दिल्ली पुगेकै दिन प्रधानमन्त्री देउवालाई भारतीय प्रम मोदीले भेट्ने कुनै कार्यतालिका नहुँदा आकस्मात आफ्नो निवास सेभन रेसकोर्समा बोलाई वान टु वान भेट गरेका थिए । उक्त गोप्य भेटमा धेरैले भारत र चीनबीच दोक्लामा भइरहेको विवादबारे कुरा भएको अनुमान गरेका थिए । तर, त्यतिमात्र होइन् रहेछ, त्यहाँ त दोक्लाम संगसंगै मोदीले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्यो, के गर्नुपर्छ हामी गर्छाै भनेर प्रस्ताव समेत गरेका रहेछन् ।
यसको खुलासा भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले गरेका छन् । उनका अनुसार मंसिरमा हुने संघ र प्रदेशको चुनावपछि नेपाली कांग्रेसले संविधान संशोधन गरेर नेपाललाई हिन्दूराष्ट्र बनाउने विषयमा दुई नेताबीच सहमति भएको हो ।
नेता स्वामीले दिल्लीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मोदी र देउवाबीचको वान टु वान वार्ताका क्रममा नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा सहमति भएको जानकारी दिएका हुन् । ‘पहिलेदेखि नै नेपाललाई हिन्दुराष्ट्र बनाउन चाहेको भारतले देउवाको भ्रमणका क्रममा यस विषयलाई प्रभावकारी रुपमा अगाडि बढाएको हो,’ नेता स्वामीले भने ।
भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोश्यारीले पनि नेपाललाई हिन्दूराष्ट्र बनाउने विषयमा दुई प्रधानमन्त्रीबीचमा समझदारी भएको जानकारी दिए । यी सम्झौताहरुले उनि भारतको बफादार सिपाही भएको प्रमाणित गरिदिएको छ ।
भारतले सीमा क्षेत्रमा बाँधेका बाँधकै कारण तराई–मधेस डुबानमा परेको बेला भारत भ्रमणमा निस्केका प्रधानमन्त्रीले नेपाली जनताको जीवनको पूरै बेवास्ता गरेर भारतलाई खुशी बनाउन राष्ट्रको हितबिरोधी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्