×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री देउवाले मौसमको अनुकुलता हेरेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री देउवाले मौसमको अनुकुलता हेरेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने

३० श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – तराईको बाढी र पहिरोले जनधनको क्षेती ग्रस्त भएको छ ।  मध्यान्ह १२ बजेपछि प्रधानमन्त्री अवलोकनका लागि जाने छलफल भएको छ । तराई क्षेत्रलाई मध्ये नजर गरी तराईबासीलाई दुखमा नआत्तिन राहतस्वरूप मौसमको अवस्था हेरेर स्थलगत अवलोकन गर्न  प्रधानमन्त्री शेरबहादुर देउवा जाने भएका छन् । प्रधानमन्त्रीसँगै गृहमन्त्री जनार्दन शर्मा पनि प्रधानमन्त्री टोलीमा जानेछन ।

बाढी प्रभावित अन्य जिल्लाहरुमा पनि आजै सरकारी तथा निजी ट्रकहरुमा खाद्यान्न पठाउनका लागि झापा, मकवानपुर, बाँके, चितवन लगायतका जिल्ला प्रशासनले समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ । सरकारको निर्णय अनुसार बाढी प्रभावित क्षेत्रको नागरिकको तत्कालको राहतका लागि एक करोड ९८ लाख रुपैयाँ रकम निकासा भइसकेको पनि मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पूर्वी तराईका जिल्ला झापा, मोरङ, सुनसरी र सप्तरी तथा मध्य तराईको जिल्ला दाङमा अवकोलनमा जाने भएका छन्  । यस्तै, खाद्यन्न राहत तथा क्षतिको अवस्था बुझ्न सबै मन्त्रीहरु पनि बाढी प्रभावित जिल्ला जाँदैछन् । मन्त्रीको ६ वटा टिम तयार भएको छ । एक टिममा तीन जना मन्त्री सामेल हुने गृह मन्त्रालयले जनाएको हो । राहतका लागि पठाइने खाद्यन्न प्याकिङको काम जिल्ला प्रशासन कार्यालय काठमाडौँले गरिरहेको पनि गृहले जनाएको छ । रौतहटको गौर र गरुडामा राहत सामाग्रीसहित नेपाली सेनाको हेलिकोप्टर आजै पठाउने तयारी मन्त्रालयको छ । मौसममा सुधार नभए प्रधानमन्त्री जाने वा नजाने निश्चित छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी