काठमाडौं । बिदेशबाट नेपाल आउने र नेपालबाट बिदेश जाने नेपाली तथा बिदेशीलाई चर्को भाडा लिएर ठगी गर्दै आइरहेका एयरपोर्टका ट्याक्सी कारबाहीमा पर्ने भएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द खनालले सार्वजनिक यातायातमा हुने ठगी र बदमासी रोक्न एयरपोर्टको ट्याक्सीबाट सुरुवात गरिएको बताएका छन् ।
सोमबार संसदको विकास समिति बैठकमा बोल्दै खनालले बिलिङ मिटर जडान नगर्ने ट्याक्सीलाई पनि कारवाही थालिएको बताए । उनले उपत्याकाका विभिन्न ५२ स्थानमा ट्याक्सीका लागि पार्किङ लट तोकेको बताए ।
मिटरमा नचल्ने ट्याक्सीमाथि कारवाही सुरु गरिएको बताउंदै खनालले उपत्यकामा चल्ने ९ हजारमध्ये ३ हजार ट्याक्सीले अझै बिलिङ मेसिन नजोडेको र तिनीहरुबाटै ठगी बढी भइरहेको बताए ।
काठमाडौंको ट्राफिक ब्यवस्थामा छिट्टै सुधार गर्ने दावी गर्दै खनालले अहिले एयरपोर्टको प्रिपेट ट्याक्सीहरुले विदेशबाट फर्किएकाहरुलाई निकै ठग्ने गरेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्