
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिंहदरबारमा सोमबार संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठक स्थगित गरिएको छ । बैठकमा मुख्य विषयका रुपमा डाक्टर गोविन्द केसीले उठाएका माग र चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने कार्यसूची रहेको थियो । उक्त बैठक बिषय अनुसार समितिले शिक्षामन्त्री गोपालमान श्रेष्ठ र स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई बोलाएको थियो । तर उनीहरु दुवै बैठकमा उपस्थित भएका थिएनन् ।
बैठकमा डा.केसीको मागलाई बेवास्ता गरेको समिति सभापति शुशीलकुमार श्रेष्ठलाई आरोप लगाएका छन् । समितिले शिक्षामन्त्री गोपालमान श्रेष्ठ र स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेरलाई बोलाएको थियो तर उनीहरु दुवै बैठकमा उपस्थित भएनन् । शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका तर्फबाट प्रमुख विशेषज्ञ डा.विनोदमान श्रेष्ठ प्रतिनिधिको रुपमा समिति बैठकमा उपस्थित थिए । तर यो दुई गम्भिर बिषयकोले मन्त्रीहरूसँग मात्र छलफल गर्ने समितिले फिर्ता पठाएको छ । सोहि कारणले समिति सभापति श्रेष्ठलाई मानहानी गरेको र डा. केसीका मागका सम्बन्धमा गम्भीर नभएको आरोप लागेको हो ।
चिकित्सा शिक्षाबारे आफ्ना जायज माग पुरा गराउनको लागि केसी ११ औं पटक अनसन बसेको १५ दिन बितिसक्दा पनि सरकारले उक्त विषयलाई हल्का रुपमा लिएको भन्दै श्रेष्ठले अब जनता केसीको पक्षमा सडकमा उत्रिदै गरेको बताएका छन् । संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठकमा सोमबार शिक्षामन्त्री र स्वास्थ्यमन्त्री नै अनुपस्थित रहेपछि छलफल नै नगरी बैठक स्थगित गरिएको छ । समितिले मन्त्रीहरुले संसदको मानहानी गरेको भन्दै अर्को बैठकमा जसरी पनि उपस्थित हुनको लागि दुवै मन्त्रीलाई पुन निर्देशन दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्