Skip to content
LAXMI SUNRISE BANK

नेपालीहरूका लागि खुशीको खबर : महराले गरे कमाल, अन्ततः भारतले कोशी ब्यारेजको ढोका खोल्दै

अर्थ सरोकार

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरेका छन्। वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराइन् ।
नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्को यस घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने जानकारी दिए ।
नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक आफ्नो दादागिरी देखाउदा नेपालीहरु निक्कै आक्रामक देखिएका छन् । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए तर, मन्त्री महराको पहललाई भारतले आनाकानी गरेको थियो । 
सप्तकोषी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथि छ तर भारले अघोषित नाकाबन्दीका बेला देखाएकोजस्तै अर्को मानवीय हर्कत प्रस्तुत गरेको छ । मन्त्री महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भरतीय विदेश मन्त्रालयमा ढोका खोल्न आग्रह गरेका थिए । तर, पनि ५६ मध्ये ३७ वटा ढोका मात्र खोलिएको छ ।
उता कुटनीतिक पहल बढाउनुपर्ने बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय काठमाडौंमै बसिरहेका छन् । 
भारतले कोशीमै अर्को उच्च बाँध बनाउन चाहेको र ढोका नखोलेर नेपाल सरकार र दलहरुमाथि दवाव बनाईरहेको श्रेष्ठको बुझाई छ। विपतको बेला ढोका खुल्न आनकानी गरेर भारतले दवावको कुटनीति गरिरहेको श्रेष्ठ मान्छन् । 
उनका अनुसार भारतले बाँधका सुरक्षा उपस्थिति खोजेको छ र यस्तै विपतका बेला दवाव बनाएर आफ्नो योजना पुरा गर्न भारत यतिबेला लागिपरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK