
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – तराइमा विपत परेका बेला तराइ मधेशका जनताको मुक्तिको लागि राजनीति गरेको गफ हान्ने पार्टी राजपा आन्तरिक कलहमा फसेको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु भएको छ । निर्वाचन आयोगले छाता चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाँहि चिह्न प्रयोग गर्ने विषयमा राजपा नेताहरुबीच विवाद देखिएको हो । विपतका विषयमा राजपा मौन प्राय छ ।
कहाँ छन् विनोद चौधरी ?
नेपालका अर्वपतिको रुपमा परिचित विनोद चौधरी तराइमा विपत पर्दा भने मौन बसेका छन् । तराइमा यस्तो विपत पर्दा उनले सहयोग तथा राहतको कुनै प्याकेज सार्वजनिक गरेका छैनन् । यसअघि पनि भूकम्प आएका बेला नेपालमा भूकम्प पिडीतक लागि घरहरु बनाइदिने गफ दिएर उनले उक्त बाचालाई पूरा गरेका थिएनन् । अहिले पनि विनोद चौधरी मौन प्राय बसेका छन् । उनले कुनैपनि कार्यक्रम वा सहयोगको बाचा समेत सार्वजनिक गरेका छैनन् । उनको यो पारा देखेर जनताहरु उनी अर्वपति रहनुको कुनै अर्थ नभएको आरोप लगाईरहेका छन्। नेपालको अर्वपति रहेका उनी अहिले कहाँ छन् भन्नेसमेत सार्वजनिक भएको छैन । पछिल्लो समय उनी भारतीय बजारमा आफ्नो व्यापार बढाउन व्यस्त छन् ।
चन्द्र ढकालहरु कानमा तेल हालेर बस्दै !
यता नेपालका धनीमानी र पावरफूल व्यक्ति भनेर चिनिएका चन्द्र ढकाल पनि तराइको विपतबारे कानमा तेल हालेर बसेका छन् । उनी आवद्द रहेको एफएनसीसीआइले संस्थागत रुपमा सहयोग गरेपनि उनी भने कानमा तेल हालेर बसेका छन् । नेपालको व्यापारिक घराना मानिएको उनको व्यापारिक समूह ग्लोबल आइएमइ ग्रुपले पनि आन्तरिक सल्लाह भइरहेको बताएपनि सहयोगको ठोस कदम अगाडी बढाएको छैन । यस्तै उनीजस्तै ठुलै व्यापारिक घराना मानिएका, दुगड ग्रुप, खेतान ग्रुप लगायतका व्यापारिक घरानाहरु कानमा तेल हालेर बसेका छन् । देशमा विपत परेका बेला उनीहरुको यो मौनताले देशप्रति उनीहरु कतिसम्म जिम्मेवारहिन रहेछन् भन्ने कुरा प्रमाणित भएकोक चर्चा चल्न थालेको छ ।
देशैभरी बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ९६ पुग्यो, ४४ बेपत्ता
अविरल बर्षापछि मुलुकको पुर्वी तराईको डुबान र देशका विभिन्न भागमा गएको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ९६ पुगेको छ। देशैभरिबाट आएको रिपोर्टअनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ९६ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीकाअनुसार मोरङमा सबैभन्दा धेरै १४ जनाको मृत्यु भएको छ । त्यसैगरी बाढी पहिरोमा परि ४४ जना बेपत्ता भएका छन् । त्यस्तै विभिन्न जिल्लामा गरी २१ जना घाईते भएका छन् । त्यसैगरी करिव ३ हजार भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् भने ५० हजार भन्दा बढी घर डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी बाढी पहिरोमा परि ३ हजार ७ सय ७ वटा चौपाया बेपत्ता भएका छन् ।
नेपालको पुर्वी तराइ र पहाडी भागको मौसममा केही सुधार आएपनि देशको पश्चिम भागमा भने अझै बर्षा जारी रहने अनुमान मौसम पूर्वानुमान साखाको छ । यस्तै देशभरी बाढी प्रभावित क्षेत्रको अनुगमन रेखदेख र आबस्यक उद्दार गर्न प्रधानमन्त्री देउवाले आफ्ना मन्त्री सेना र प्रहरी प्रशासनलाई निर्देशन दिइसकेका छन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा आफै पनि राहात सामाग्री लिएर बाढी प्रभावित क्षेत्रको अनुगमनमा निस्किएका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्