Skip to content
LAXMI SUNRISE BANK

राजधानीमा यसरी हुदैँछ ठगीको नयाँ धन्दा, प्रहरीलाई नै आश्चर्य चकित

अर्थ सरोकार

काठमाडौं – प्रहरी नै चकित पर्नेगरी ठगहरुले ठगीको नयाँ धन्दा अपाउनु थालेका छन् । राजधानीमा अपरिचित मानिसहरूलाई आफूसँग भएको नक्कली सुनको बिस्कुटलाई सक्कली सुन भनेर रुमालमा पोको पारी गठी गर्ने समूहको क्रियाकलाप बढेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
विभिन्न बहाना बनाई पीडितको साथमा भएको नगद तथा सुनका गरगहना ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भदौ १३ गते दिउँसो ठगीमा संलग्न रहेको आरोपमा रामेछाप जिल्ला रामेछाप नगरपालिका– ९ स्थायी घर भइ हाल भक्तपुर जिल्लाको बोडेमा बस्दै आएका मोहनकुमार तामाङलाई पक्राउ गरेको छ ।
तामाङलाई काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय रोग केन्द्र अगाडिबाट ठगी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । तामाङले सुन जस्तो देखिने बिष्कुट देखाएर ठगीको प्रयास गरेका थिए ।
‘पीडितलाई नक्कली सुनको बिस्कुट देखाई सुन बिक्री गरेमा तपाई र म दुबैलाई फाइदा हुन्छ, यो सुन तपाईनै राख्नुस् मलाई तपाईको साथमा भएको नगद तथा तपाईले लगाउनु भएको सुन दिए हुन्छ’, प्रहरीले ठगीका क्रममा हुने सम्वाद उदृत गर्दै जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK