
- अर्थ सरोकार टिप्स
टाउको दुखाइ धेरैको समस्या हो । कहिलेकाहीं त्यतिकै टाउको दुख्ने समस्याबाट पनि धेरैजना ग्रसित छन् । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । यसका अलावा पनि अत्याधिक थकान, र धपेडीका कारणपनि टाउको दुख्ने गर्छ । टाउको दुखेमा यस्ता समाधानका उपाय लगाउन सकिन्छ ।
१ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुँदैन । यसले टाउको दुखाइलाई बढी निम्त्याउंछ ।
२ दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट धेरै खाँदा पनि त्यतिकै टाउको दुख्ने समस्या हुन्छ । यस्तो बानीलाई हटाउनुपर्छ ।
३ कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन बढी गर्नु हुँदैन । त्यसैले यस्तो बानीलाई पनि सुधार्नुपर्छ ।
४. चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने गर्नुपर्छ । अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक जाँदा पनि टाउको दुख्ने गर्छ । यस्तो कुराबाट टाढा रहनुपर्छ ।
५. भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने गर्नुपर्छ । कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्