
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – उद्यमी व्यवसायीहरुले सधैं माग र ज्ञापन पत्र बुझाएर छुट सुबिधा माग्दै आएको भएता पनि जिम्मेवारी लिने भएको छ । राजधानीको याक एण्ड यति नामक होटल काठमाडौँमा भेटघट गरी नेपाली उद्यमी व्यवसायीले यसपाली भने सरकारसँग अधिकार नमागेर दायित्व पुरा गर्ने धोषणा गरेका छन् । नेपालको ठुलो व्यवसायीक घराना मध्येको एक ज्योति ग्रुपका पद्य ज्योतिले भने – हामीले अहिलेसम्म निरन्तर अधिकार माग्दै आएका छौं, अब हामी आफ्नो दायित्व र जिम्मेवारी पुरा गर्न खडा भएका छौं ।
‘असल समाज निर्माणका लागि असल व्यवसाय आवश्यक रहेको बताउदै, त्यसका लागि हामीले जिम्मेवार व्यवसाय गर्न जरुरी रहेको छ’ – ज्योतिले भने । राजधानीमा सुरु भएको दोश्रो जिम्मेवार व्यवसाय सम्मेलन २०१७ मा देशभरका ठुलो चेम्बर अर्गनाइजेशनहरुमा आवद्ध व्यवासयीहरुको ठूलो मात्रमा सहभागीता रहेको थियो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मेलनको उद्घाटन गर्दै जिम्मेवार भएर देशको समृद्धिमा लाग्न उद्यमी व्यवसायीलाई आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले भने – ‘सरकारले व्यवसाय प्रवद्र्धनमा रहेका सबै असहजताहरु हटाउन पहल गर्छ, तपाईहरुले पनि जिम्मेवार व्यवसाय गरेर देश अघि बढाउन सघाउनुस ।’
कार्यक्रमका बेलामा उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष कुश कुमार जोशीले पनि देशमा सुशासन र आर्थिक विकासका लागि उद्यमशिलता मैत्री सरकार र जिम्मेवार व्यवसायी आवश्यक पर्ने बताए थिए।‘हामीलाई देशले धेरै दिएको छ आर्थिक रुपमा पनि राजनिक रुपमा पनि त्यसैले अब देशले हामीलाई गर्ने होइन हामीले देशलाई केहि गर्नु पर्छ’ – जोशीले भने ।
नेतृत्व, व्यवस्थापन र सहकार्यको अभाव भएको तर श्रोत र साधनको अभाव नरहेको विश्व विद्यालयका उपकुलपति रामकण्ठ मकाजुले बताए । यो कार्यक्रम दुई दिन चल्ने र एक दर्जन भन्दा बढि बिषयमा सामुहिक छलफल भैरहने श्रोतले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्