
भरतपुर- भरतपुर् महनगरपालिकाको वडा नं २० को ८ सय मत गन्दा नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीले ५३ मतले अघि छन् । पछिल्लो अपडेट अनुसार ज्ञवालीले अहिलेसम्म ४२ हजार २०१ मत ल्याएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले ४२ हजार ४६ मत ल्याएकी छन् । भरतपुरको २९ वटा वडा मध्ये २८ वटाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडा एमालेले, ११ वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् । अब वडा नः २० को ३३०२ मत खसेको छ । वडा नः २० पनि कांग्रेसको प्रभाव क्षेत्र हो । त्यहाँ गत बैशाख ३१ गते नै मतदान भएको थियो ।
यसैबीच भरतपुर महानगरपालिका वडा नः १९ का नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङले १४७८ मत ल्याई विजयी भए । उनले एमालेका उम्मेदवार प्रकाश तामाङलाई हराए । यो वडामा माओवादीले कांग्रेसलाई समर्थन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्