
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सीसीए स्कुल अफ एकाउन्टेन्सीको आयोजनामा आयोजित पहिलो ‘एसिसिए फुटसल मिट २०१७’ सम्पन्न भएको छ । सोमबार र मंगलबार भएको उक्त कार्यक्रममा एसीसीए विद्यार्थी तथा एसीसीए सदस्यको सहभागीथा थियो । एसीसीए नेपालको संयोजनमा आयोजित उक्त कार्यक्रमलाई विभिन्न संघसंस्थाले समेत सहयोग गरेका थिए । काठमाडौँको भृकुटी मण्डपस्थिति फुट्सल ग्राउण्डमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
भिक्ट्री ब्वाइजको ‘कमाल’, १०-२ को फराकिलो अन्तरले सानदार रुपमा बिजयी !
उक्त प्रतियोगिताको उपाधि भिक्ट्री ब्वाइजले जितेको छ । मंगलवार भएको फाइनलमा एसिसिए रेन्जर्सलाइ समूहलाई १०–२ गोलअन्तरले हराउदै भिक्ट्रीले उपाधि चुमेको हो । खेलको सुरुवातदेखि नै एसीसीए रेन्जर्सलाई दवावमा राखेको भिक्ट्री ब्वाइजले लगातार गोलको बर्षा गर्दा १० गोल पुगेको छ । जवाफमा २ गोल एसीसीए रेन्जर्सले समेत फर्काएपनि खेलमा फर्कन नसक्दा भिक्ट्री ब्वाइजले उपाधि चुमेको हो । सेमिफाइनलमा टिबिसी टु लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको भिक्ट्रीले मेडल,उपाधि र प्रमाणपत्रसँगै संगै १५ हजार नगद प्राप्त गरेको छ भने उपबिजेता एसिसिए रेन्जर्सले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।डबल राउण्ड रोबिन लिगका आधारमा सोमवारबाट भृकुटीमण्डव स्थित फनपार्कको गोल्ज फुटसलमा आयोजित प्रतियोगितामा ८ टिम सहभागी थिए ।

पहिलो प्रयासलाई सफल बनाएकोमा आयोजकले दिए सबैलाई धन्यवाद !
यसैबीच उक्त प्रतियोगितालाई सफल बनाइदिएकोमा आयोजकका तर्फबाट आशिष गिरीले सबैलाई धन्यवाद दिएका छन् । ‘प्रतियोगीता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद । अर्को पटक अझै परिस्कृत रुपमा खेलको आयोजना गर्ने प्रयास गर्नेछौं ।’ कार्यक्रमपछी आयोजित ट्रफी वितरण कार्यक्रममा बोल्दै गिरीले भने, ‘कार्यक्रम सफल हुनुमा तपाईंहरु सबैको हात छ । सबैलाई एकमुष्ट धन्यवाद दिन चाहान्छौं ।’ साथै उनले कार्यक्रममा सहभागी खेलाडी, सहयोगी संस्थाहरु, एसीसीए नेपाल, र मिडियाकर्मीलाई समेत धन्यवाद दिएका छन् ।

‘हामी सबै एउटै ‘कम्यूनिटी’का सदस्य हौँ’ : एसीसीए नेपाल प्रमुख रिवन कटवाल
प्रतियोगीता पछी आयोजित पोष्ट म्याचमा आफ्नो संक्ष्प्ति भनाइ राख्दै एसीसीए नेपाल प्रमुख रविन कटवालले जो जहाँ पढेपनि सबै एउटै ‘कम्यूनिटी’ को सदस्य भएको बताउंदै यस्ता खेलले भाइचारा बढाउन अझै महत्वपूर्ण भुमका खेलेको बताएका छन् । साथै उनले प्रतियोगितामा बिजयी र उपविजेता समूहलाई बधाई समेत दिएका थिए । ‘यस्ता रचनात्मक कार्यक्रममा एसीसीए नेपालको सदैब सहयोग हुनेछ ।’ कार्यक्रममा बोल्दै उनले भने, ‘कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति एसीसीए नेपाल पनि आभारी छ ।’













Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्