×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बेरोजगार बने सेञ्चुरीका भुपू सीईओ, कुमारीले पनि नपत्याउने भएपछि पछुतो मान्दै अनुजमणि ! अव के गर्लान् ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय सेन्चुरीको सीईओ पद छोडेर कुमारी बैंकको डेपुटी सीईओ हुने दाउमा रहेका अनुजमणि तिमिल्सीनाको कुमारी छिर्ने सपना चकनाचुर हुने भएको छ । कुमारी बैंकका केहि संचालकहरुले बैंक यसै पनि निकै विवादित बनेका बेला अर्को विवादित पात्रलाई बैंकमा ल्याएर गल्ती गर्न नहुने धारणा राखेपछि अनुजमणिको कुमारीमा जागिर खाने सपना तुहिएको हो । यद्यपी कुमारीका केहि संचालक र हालका सीईओ भने सकेसम्म अनुजमणि तिमिल्सीनालाई कुमारी बैंकमा भित्र्याउनुपर्ने अडानमा छन् ।
विवाद नै विवादको भुमरीमा अनुजमणि !
यसो त बैंकका हालका कामु सीईओसँगको व्यक्तिगत टकरावका कारण भन्दै उनले केहि समय अगाडी नै बैंकबाट राजीनामा दिएका थिए । तर तिमिल्सीनाले यतिसम्म लाज पचाएका थिए कि सेन्चुरीको विशेष साधारणसभामा उनी सीईओकै हैसियतले कार्यक्रममा उपस्थित थिए । यद्यपी सीईओले दिनुपर्ने जवाफ भने उनले केहि पनि दिएनन् । साधारणसभामा उनी सीईओकै हैसियतले गएपछि नेपाली बैंकिङ क्षेत्रमा उनको ठुलै आलोचना भएको थियो । 
सीईओको जागिर छोडेको खबर सार्वजनिक रुपमै आएको भएपनि उनले लाज नै पचाएर विशेष साधारणसभामा उपस्थित भएको भन्दै उनको नेपाली बैंकिङ क्षेत्रमा चर्को आलोचना हुने गरेको छ । बैंकले उनलाई दिएको ‘टार्गेट’ अनुसार पनि काम गर्न नसकेको आरोप बैंक भित्रकै केहि संचालकहरुले लगाएपछि उनी थप विवादमा परेका हुन् । उनी अव खुलेआम बाफिया विरुद्ध चल्ने र राज्यको कानुनमाथि धावा बोल्ने बदनाम बैंकको रुपमा चर्चित कुमारी बैंकमा जाने भनेपछि उनी थप विवादमा परेका थिए । तर कुमारीमा जागिर खाने सपनासमेत तुहिएपछि उनी थप मर्कामा परेका छन् । तत्काल उनलाई कुनै पनि बैंकले लिने सम्भावना नदेखिएको जानकारहरु बताउँछन् ।

अव के गर्लान् अनुजमणि ?
यसो त झोकै झोकमा राजीनामा दिईसकेपछि पनि उनले सेन्चुरीमै बस्ने इक्षा व्यक्त गरेका थिए । तर संचालक समितिको ठुलो हिस्साले उनले राजीनामा दिएको खबर सार्वजनिक भइसकेकाले उनलाई अहिले बैंकमा राख्न नहुने र अर्को सीईओ खोज्नुपर्ने भन्दै धारणा राखेपछि उनको राजीनामा स्वीकृत भएको खबर बैंकले नै विभिन्न संचारमाध्यमहरुलाई पठाएको थियो । हाल उनी कुमारीकै डेपुटी सीईओका रुपमा काम गर्न लालायित छन् । तर त्यो सम्भावना पनि कम भएपछि उनी तत्कालका लागि बेरोजगार नै बस्ने जानकारहरुको भनाइ छ । यसबारे उनले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । उनी निकट केहि बैंकरहरुले भने उनले सेन्चुरी बैंकबाट राजीनामा दिएर आफुले गल्ती गरेको भन्दै पछुतो मानिरहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: