
पाल्पा – तानसेन नगरपालिकाले चालु आवमा ६९ करोड ११ लाख ३१ हजार ९४७ बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले आन्तरिक आयमा रु चार करोड ६४ लाख ८० हजार, नेपाल सरकारको निशर्त अनुदान रु २३ करोड ८२ लाख ४७ हजार, गत आवको नगरपालिकाको बाँकी रकम रु छ करोड ९२ लाख १० हजार ९४७ गरी कुल निशर्त अनुदान रु ३५ करोड ३९ लाख ३७ हजार ९४७, सशर्त अनुदान रु १९ करोड २९ लाख ४४ हजार, सामाजिक सुरक्षा रु पाँच करोड, दातृ संस्थाको सहयोगबाट सञ्चालित आयोजनालाई अनुदान रु सात करोड १२ लाख ५० हजार, कन्टीन्जेन्सीबाट आम्दानी रु ३० लाख र जनसहभागिताबाट रु एक करोड ५० लाखबाट बजेट विनियोजन गरेको हो ।
आव २०७४/७५ मा कुल निशर्त १३.१३ प्रतिशत योगदान आन्तरिक आयबाट हुनेछ । यो वर्ष आन्तरिकमा रु एक करोड ६८ लाख थप प्रक्षेपण गरिने विहिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख अशोककुमार शाहीले बताए ।
१४ वडा कार्यालय सञ्चालनका लागि कुल रु एक करोड ७७ लाख ७८ हजार ७०० र नपामा रु ४ करोड ४ लाख ३० हजार बजेट विनियोजन गरेको छ । विहिबार सम्पन्न नगरपालिकाको प्रथम नगरसभाले यस आवको नीति, बजेट तथा कार्यक्रममा रु एक करोड कर्मचारी अवकासमा खर्च गर्नेछ ।
नगरपालिकाले प्रत्येक वडालाई चालु र पूँजीगत खर्च रु १२ लाख ७० हजार र रु ४५ लाख गरी कुल रु आठकरोड सातलाख ९९ हजार ७९२ बजेट निशर्त बजेटको २२.८२ प्रतिशत रहेको छ ।
वडा र नगर कार्यपालिका व्यवस्थापनका रु चार करोड ५७ लाख, सूचना र सञ्चार क्षेत्रमा रु २० लाख, संस्थागत विकासका लागि रु ७५ लाख, सम्पदा संरक्षणमा रु ३३ लाख, गरिबी न्यूनीकरणमा रु ६७ लाख, वातावरण प्रवद्र्धनमा रु ३० लाख, आन्तरिक राजस्व अभिवृद्धि र सुशासन प्रवद्र्धनमा रु २५ लाख विनियोजन गरिएको प्रमुख शाहीले बताए ।
विपन्न परिवारलाई निःशुल्क बीमामा रु २५ लाख, दिगो शहरी विकासका लागि रु १२ करोड १६ लाख विनियोजित बजेटमध्ये भौतिक पूर्वाधारमा रु एक करोड ८५ लाख, आर्थिक पूर्वाधारतर्फ रु २६ लाख, संस्थागत विकासमा रु ४३ लाख, राष्ट्रिय अन्तरराष्ट्रिय सम्बन्ध विकासमा रु ३८ लाख, बस्ती विकास सम्भाव्यता अध्ययनका लागि रु ३८ लाख बजेट विनियोजन गरिएको शाहीले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्