
काठमाडौं – भारतमा वरिष्ठ वामपन्थी पत्रकार गौरी लंकेशको हत्या भएको छ । पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मंगलबार बेलुका बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँमाथि गोली किन हानिको हो भन्ने बारे अहिले नै केही भन्न नसकिने बेंगलुरुका पुलिस कमिश्नर सुनील कुमारलाई उधृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
गौरीले लंकेश पत्रिका मार्फत कम्युनल हार्मोनी फोरमलाई साथ दिँदै आएकी थिइन् । लंकेश पत्रिका उनका पिताले ४० वर्षअघि सुरु गरेका थिए । गौरी अहिले त्यसको सञ्चालक थिइन् ।
मंगलबार बेलुका राज राजेश्वरीमा रहेको घरको ढोका खोल्दै गर्दा गौरीमाथि गोली प्रहार भएको एक प्रहरी अधिकारीले बताएका छन् ।
घटनाबारे बेंगलुरु प्रहरीले अनुसन्धान थालेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्