
पोखरा । नेपाल कम्युनिष्ट पार्टीद्वारा सञ्चालित जनसरकार कास्कीले पोखराको न्युरोडस्थित कैलास विकास बैक नजिक रहेको वोर्ल्ड टेकको दायाँ र बायाँ रहेको विवादित जग्गा कब्जा गरेको छ ।
खोप्लाङ काण्डको रुपमा चर्चित बिष्णु कुमार श्रेष्ठको जग्गामा कम्युनिष्ट पार्टीको जनसरकारले झण्डा गाडेर कब्जामा लिएको घोषणा गरेको छ ।
उक्त जग्गामा जनसरकारले झण्डा गाडी आफ्नो पार्टीले कब्जा गरेको ब्यानर समेत टागिएको छ । खोप्लाङे साहुले जालसाजी गरेर जग्गा हड्प्ने काम गरेकोले आफ्नो पार्टीले जग्गा कब्जा गर्नुपरेको जनसरकार प्रमुख जगन तिवारीले बताए ।
तिवारीका अनुसार बिबाद समाधान नभएसम्म उक्त जग्गा किनवेच गर्न वा भाडामा लिन र दिन जनसरकारले रोक लगाएको छ। जालसाजी गरी अर्काको जग्गा हडप्ने साहु बिष्णु कुमार श्रेष्ठको मृत्यु भइसकेको छ भने उनका २ छोराहरु अनिल श्रेष्ठ र प्रकाश श्रेष्ठले अहिले उक्त जग्गा भोगचलन गर्दै आइरहेका छन्।
माओवादी नेताहरुले २ करोड खाएर आलटाल गरे
तकालिन माओवादीका नेताहरुले खोप्लाङे साहुसंग २ करोड भन्दा बढी रकम चन्दा लिएर मुद्धा छिनोफानोमा आलटाल गरेको थिए । पार्टीले जग्गाको बिबाद मिलाईदिने भन्दै साहुँसंग रकम लिएको थियो ।
तत्कालिन माओवादीका जिल्ला सह-इन्चार्ज रामजी बराल, पार्टीका राज्य समिती सचिब तथा केन्द्रीय सदस्य हरि अधिकारी ‘कुमार’ र पोखराका स्थानीय नेता भुमि पराजुलीले पीडितसंग २ करोड बढी रकम लिएको पीडित कृष्ण थापाले इमान्दार मिडियालाई बताए।
यता माओवादी केन्द्र कास्कीमा भने पुरानो विवादमा पार्टीका नेताहरु मुछिएपछि कार्यकर्ताहरुले जवाफ मागेका छन् । कार्यकर्ताले जवाफ माग्न थालेपछि नेताहरुले उक्त रकम लिएर पोखराको शिवालय चोकमा १ करोड २६ लाखमा पार्टीको कार्यालय किनेको बताएका आएका छन्।
के भन्छन् पीडित थापा ?
पोखरामा खोप्लाङे काण्डका रुपमा चर्चित रहेको उक्त जग्गा विवादका बारेमा तत्कालिन नेकपा (माओवादी) कास्कीमा २०६३ सालमा उजुरी गरेपछि आफुलाई १० लाख मात्र दिएर जग्गा आलटाल गर्न खोजेको पीडित कृष्ण थापाले इमान्दार मिडियालाई बताए ।
‘मुद्धा मिलाउने भन्दै खोप्लाङेबाट पैसा खाएर बिबाद मात्र साम्य पारियो, मैले अझैसम्म न्याय पाउन सकेको छैन ।’ थापाले इमान्दार मिडियासँग भने
खोप्लाङे साहुले माओवादीका स्थानीय नेता भुमि पराजुलीको नाममा आफुलाई १० लाखको चेक दिएको थापाले स्वीकार गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्