
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल इन्सुरेन्समा इन्साइडर ट्रेडिङ गरेको आरोपमा निकालिएका चन्द्र साउद नेप्सेको जीएम बन्न लागेपछि लगानीकर्ता जागेका छन् । नेप्से जस्तो संवेदनशील ठाउँको जीएमजस्तो गरिमामय पदमा कसैको प्रायोजनमा इनसाइडर ट्रेडिङ जस्तो गम्भीर अपराधका आरोपितलाई नियुक्त गरिने खेल भएकाले उनको इन्साइडर ट्रेडिङको छानविन होस् भनी सोमबार नै लगानीकर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगानीकर्ताको एक समूह पुग्ने भएको छ ।
साथै यसअघि गुरु न्यौपानेलाई जस्तै कारवाही गरी सेयर जफत गरी पाउँ भनी धीतोपत्र बोर्डमा समेत लगानीकर्ताको एक समूह जाने बुझिएको छ । विभिन्न व्यापारिक समुहको प्रायोजनमा इनसाइडर ट्रेडिङको आरोप लागेका व्यक्तिलाई नेप्सेको जीएम बनाउन लागिएको भन्दै छनोट समितिलाई समेत घुस खाएको आरोप लगानीकर्ताहरुले लगाउन थालेका छन् ।
‘छनोट समितिको समेत मिलेमतोको शंका छ । हामी उजुरी गर्छौं, अख्तियारले छानविन गर्ला ।’ साउद विरुद्धको भण्डाफोर अभियानमा लागेका एक लगानीकर्ताले अर्थ सरोकार डटकमसंग भने । यता साउदका ‘आसेपासे’ भने अर्थ मन्त्रालयदेखि विभिन्न व्यक्तिहरुलाई भेटी साउदलाई नेप्सेको जीएम बन्न सहयोग गर्न आग्रह गरिरहेका छन्। सीताराम थपलिया नेप्सेको महाप्रबन्धक नहुने भएपछि साउदलाई गोटीको रुपमा प्रयोग गरिएको भन्दै लगानीकर्ताहरुले साउदलाई कठघरामा उभ्याईछाड्ने दावी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्