
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेप्सेको जीएम बन्ने दौडमा रहेका चन्द्र साउद इन्साइडर ट्रेडिङका आरोपित रहेको खुलासा भएको छ । इन्साइडर ट्रेडिङ गरेको पाइएपछी नेपाल इन्सुरेन्समा विवादमा परेका र पटक पटक निकाल्न खोजिएका उनलाई पछि यौन दुर्व्यवहारको समेत आरोप लागेपछि अन्तत: कम्पनीको संचालक समितिले गलत्याएर निकालेको थियो । संचालक समितिको उक्त कदम विरुद्ध मुद्धा मामिला समेत गरेका उनले पछिल्लो आफ्नो हर्कतबारे सबैलाई थाहा हुने भएपछि उक्त मुद्धा अगाडी बढाएका थिएनन् ।
इन्सुरेन्स कम्पनी चलाउन नसक्नेले कसरी चलाउलान् नेप्से
प्राप्त जानकारी अनुसार अहिले उनी नेप्सेको जीएम बन्न डेढ करोड रुपैयाँको ‘डिल’ गरेर बसेका छन् । आफु नेप्सेको जीएम लगभग पक्का पक्की भएको भन्दै उनले सोहि अनुसारको तयारी गरेका छन् । तर आफ्ना आफन्त भोजराज जोशीको नाममा सेयर किनेर नेपाल इन्सुरेन्सको इन्साइडर ट्रेडिङमा समेत संलग्न भएको आरोपमा कम्पनीबाटै निकालिनु परेका साउदले कसरी नेप्सेलाई हाँक्लान् भन्ने प्रश्न उठेको छ । अझ त्यसमाथि पैसाकै पावरका भरमा विवादित छवि भएका व्यक्तिलाई नेप्सेको साँचो सुम्पिनु कतिको जायज हो भन्ने प्रश्न पनि उठेको छ भने यस्ता व्यक्तिलाई अगाडी ल्याउन छनोट समितिको ‘इन्ट्रेष्ट’ के छ भन्ने प्रश्नसमेत उठेको छ ।

नेपाल इन्सुरेन्सका यस्तो छ साउदको नालीबेली !
नेपाल इन्सुरेन्सबाट निकालिएका उनले आफ्ना आफन्त भोजराज जोशीको नाममा सेयर किनेका थिए । साथै उक्त सेयर किनेपछि उनले सोहिको बलमा आफ्ना छोरालाई अहिले कम्पनीको संचालक समेत बनाएका छन् । आफु सीइओ हुँदा आफन्तका नाममा सेयर किनाउने र आफुलाई कम्पनीले निकालिदिएपछी आफ्ना छोरालाई कम्पनीको संचालक बनाएर उनले कम्पनीभित्र अन्य धाँदली समेत गर्न खोजेको भन्दै उनको चर्को विरोध हुने गरेको छ । उनका छोरा सागर सिंह साउद हाल कम्पनीका संचालक समितिमा छन् ।

‘इन्सुरेन्सको व्यवस्थापनमा रहदै गर्दा कम्पनीको आन्तरिक सुचनाहरु प्रयोग गर्दे आफन्त र आफू ‘बेनीफिसियरी’ भएको अर्को व्याक्तिको नाममा शेयरहरु खरिद बिक्री गर्ने काम गरेका व्यक्तिलाई नेप्सेको साँचो सुम्पिनु गलत हो । उनको यस्तो हर्कत भोजराज जोशीका नाममा भएको शेयर खरिद बिक्रि तथा उक्त शेयरहरु खरिद बिक्रिको ‘सेटलमेन्ट’को ‘अकाउन्ट मुभमेन्ट’को छानविन भएको खण्डमा प्रष्ट हुन्छ ।’ नेपाल इन्सुरेन्सको उपल्लो तहका कर्मचारीले अर्थ सरोकार डटकमसंग भने ।
उनी अगाडी भन्छन् ‘भोजराज जोशीको नाममा निरन्तर शेयर बढ्दै गएको कुरा कम्पनीको बार्षिक प्रतिवेदनबाटसमेत प्रष्ट हुन्छ । यस्तै भोजराज जोशीको को नाममा भएको शेयर को बेनीफिसियरी चन्द्र सिह साउद नै हो भन्ने कुरा हालसालै कम्पनीको बार्षिक साधारणसभाबाट चन्द्र सिह साउदको छोरा सागर सिह साउदलाई संचालक बनाउन प्रयोग भएपछी झन् स्पष्ट भएको छ । सागर सिह साउदको छोराको नाममा शेयर खरिद बिक्रि या त चन्द्र सिह साउद नेपाल ईन्सुरेन्सको उच्च व्यबस्थापन हुँदा वा प्रमुख कार्यकारीबाट निस्केको एक बर्ष नपुग्दै भएको कुरा शेयर कारोबारको विवरण लिदा प्रष्ट हुन्छ ।’

सक्रिय सेयर कारोबार नेप्सेको महाप्रबन्धक हुँदा लगानीकर्ताको भलो होला कि उनकै ?
यो त चन्द्रसिह साउदको आफ्नै नाममा सुचीकृत कम्पनीमध्ये लगभग आधा कम्पनीको शेयरहरु छन् । आफैं शेयर कारोबार र चलखेलमा लाग्ने तथा चार्टड क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड नामको कम्पनी पूरै शेयरमा कारोबार गर्ने व्यक्ति नेप्सेको जीएम भए के होला ? यसरी सक्रिय रुपमा शेयर कारोबारमा लागीरहेको व्याक्तिलाई प्रमुख कार्यकारीको रुपमा नियुक्त गर्दा अहिले स्वतन्त्र रुपमा नेपाल स्टक एक्सचेञ्जमा कसरी व्यावसायिकता आउन सक्ला र ? भन्ने प्रश्न पनि उठेको छ ।

यौन दुर्व्यवहारसम्मको आरोप !
यसो त चन्द्रसिंह साउद इन्साइडर ट्रेडिङमा मात्र होइन, यौन दुर्व्यवहारको समेत आरोपित रहेको खुलासा भएको छ । ‘एक महिलाले उनलाई यौन दुर्व्यवहारको आरोपमा पुलिस-केस समेत गरेकी थिइन् । तर उनले पछि यो केस मिलाएका थिए ।’ स्रोतले भन्यो, ‘सबै तरिकाले हेर्दा नेप्सेको जीएम बन्ने उचाईंको मान्छे नभएपनि पैसाकै पावरमा उनलाई नेप्सेको जीएम बनाउन राजनतिक लाविङ हुनु र छनोट समितिसमेत त्यसको प्रभावमा पर्नु गलत हो ।
विवादित साउदलाई नै जीएम बनाउन यस्तो छ चलखेल
यता साउदलाई नै नेप्सेको जीएम बनाउन ठुलै खेल भइरहेको स्रोतको दावी छ । सुरुमा ३ करोडको कुरा भएपनि बार्गेनिङ भएपछी एक समूह उनलाई नेप्सेको महाप्रबन्धक बनाउनका लागि लवीङ गरिरहेको स्रोतको भनाइ छ । ‘विशाल ग्रुपको फन्डीङ छ । सुरुमा ३ करोडको कुरा भएपनि डेढ करोडमा कुरा मिलेको छ । रामचन्द्र भट्टमार्फत दलाली भएको छ । सीताराम थपलिया पनि पटक पटक कहाँबाट तीर हान्न सकिन्छ भन्दै अर्थ मन्त्रालयमा अपडेट लिइरहेका छन् । तर सीताराम र मनोज ज्ञवालीका पक्षमा बोल्ने व्यक्ति भुषण राणामात्र भएपछि यतिबेला चन्द्र साउद बढी बलियो देखिएका छन् ।’ स्रोतले अर्थ सरोकार डटकमसंग भन्यो, ‘उत्कृष्ट ५ मा ल्याउन पनि उनका लागि चर्को दवाव आएको थियो । अहिले टप थ्रीमा ल्याउन पनि उस्तै दवाव आएको छ ।’
पटक पटकको प्रयासमा पनि सम्पर्कमा आउनै चाहेनन् साउद
अर्थ सरोकार डटकमले चन्द्र साउदका कर्तुतका बारेमा पटक पटक समाचार सम्प्रेषण गर्दा पनि उनी हाम्रो समपर्कमा आउनै चाहेका छैनन् । समाचार सन्तुलनका लागि उनको भनाइ राख्ने हाम्रो प्रयास यसपालीपनि असफल भएको छ । आफुलाई साउद निकट बताउने केहि व्यक्तिहरुले भने समाचार रोक्न चर्को दवाव दिइरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्