Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको साधारणसभा सम्पन्न, यस्ता छन् सभाका निर्णयहरु

अर्थ सरोकार

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ११ आयब वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले २०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३-७४ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत गरेको छ । 
यस्तै बैंकले प्रस्ताव गरेको १६.८५ प्रतिशत लाभांश पनि साधारसभाले पारित गरेको छ । आर्थिक वर्ष २०७३-७४ को अन्त्यमा बैकको चुक्तापूँजी रु ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार कायम रहेकोमा प्रस्तावित १६ प्रतिशतबोनस शेयर वितरण पश्चात् बैंकको चुक्तापूँजी रु ८ अर्ब २ करोड ९१ लाख ६० हजार कायम रहने छ ।
आर्थिक वर्ष २०७३÷७४ मा बैंकले आर्जन गरेको संचित मुनाफाबाट बैंकको हालको चुक्तापुँजीको १६ प्रतिशत अर्थात् रु १,१०,७४,७०,३४६ बोनस शेयर तथा सोको लागिआवश्यक करको निम्तिहालको चुक्ता पुजीँको करीब ०.८५ प्रतिशत अर्थात् रु ५,८२,८७,९१३ नगद लाभांश एघारौं साधारण सभाले पारित गरेको हो । साधारण सभाबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६२ वटा शाखा, ६१ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार ग्राहकहरूलाई सेवाप्रदानगर्दै आएको छ.। साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK