Skip to content
LAXMI SUNRISE BANK

युवा जनस्वयमसेवकको श्रममन्त्रीलाई चेतावनी: दलालहरुलाई तपाईले कारवाही नगरे हामी छाड्दैनौं

अर्थ सरोकार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन ‘राष्ट्रिय युवा जनस्वयमसेवक’ ले वैदेशिक रोजगारको नाममा युवाहरुको बेचविखन गर्ने दलाललाई सरकारले कारबाही नगरे आफैंले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
मंगलबार श्रम तथा रोजगार मन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै संगठनका महासचिव बाबुराम राई ‘विवश’ ले सो चेतावनी दिएका हुन् । 
ज्ञापन–पत्रमा १२ बुँदे मागहरु समावेश गरिएको छ । ज्ञापन–पत्र बुझाउन संगठनको एकटोली युवा नेता राईको नेतृत्वमा सोमबार अपरान्ह सिंहदरबार पुगेको थियो ।


ज्ञापन–पत्रको पूर्ण अंश यसप्रकार छ– 

युवा शक्ति भनेको दुनियाँलाई बदल्न सक्ने उर्जा हो । संसारमा जे जति विकास र परिवर्तनहरु भएका छन् यसले उत्प्रेरकको भूमिका खेलेको छ । नेपाल आफैंमा प्राकृतिक स्रोत–साधनले भरिपूर्ण देश भएको हुँदा यहाँ रहेको या उर्जाशील युवा शक्तिलाई कसरी स्वदेशमा नै रोजगारीको व्यवस्था गर्ने भन्ने न सरकारलाई चिन्ता छ नत राजनीतिक दहरुलाई नै । जबसम्म यो शक्तिलाई स्वदेशमा नै रोजगारीको व्यवस्थापन गर्न सकिँदैन तबसम्म नेपाल न आत्मनिर्भर बन्न सक्छ नत युवाहरु स्वाभिमानपूर्ण जीवन बाँच्न सक्छन् । विडम्बना आज नेपालबाट लाखौंको संख्यामा रोजगारीका निम्ति दिन दहाडै युवाहरु बेचिन बाध्य छन् । आज विप्रेषणको भरमा टिकेको नेपाल भाडाको आधुनिक दास जन्माउने मुलुकको रुपमा परिचित छ, बहादुर र वैज्ञानिक जन्माउने देशको रुपमा होइन । यद्यपि आजको २१औं शताब्दीमा नेपालका युवा शक्तिलाई सहि तरिकाले परिचालन गर्ने हो भने उच्चप्रविधिलाई समेत माथ खुवाउने हैसियत यो शक्तिमा छ । यो शक्तिको महत्व र भूमिकालाई राज्यले बुझ्न नसक्दा अभावलाई व्यवस्थापन गर्ने नाममा आफ्नो स्वाभिमान गुमाउँदै ‘पुँजीवादी नीतिको शिकार’ बन्न विवश भएका छन् । आजको पुँजीवादको विकल्प ‘वैज्ञानिक समाजवाद’ ले मात्र दिनसक्छ । त्यो मात्र सबैखाले अन्तरविरोधको हल हो । तसर्थ हाम्रो गौरवशाली संगठन ‘राष्ट्रिय युवा जनस्वयम्सेवक’ सम्पूर्ण वर्ग, क्षेत्र, लिङ्ग विभिन्न तह तप्काका युवा शक्तिलाई वैज्ञानिक समाजवादको दिशामा अघि बढ्दै स्वदेशमा नै रोजगारीको प्रवद्र्धन गर्न राज्यलाई विशेष आग्रह गर्दछ, साथै नेपाल सरकार श्रम मन्त्रालयद्वारा संचालित विभिन्न वैदेशिक रोगजार कम्पनीहरुद्वारा अबैध ढंगले सञ्चालित कार्यहरु अविलम्ब रोक्न यो ज्ञापनपत्रमार्फत् आग्रह गर्दछौं । यदि तल उल्लेखित बुँदाहरुलाई नियमन र अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउनुपर्ने अन्यथा भोली यस्ता समस्याहरुबाट उत्पन्न परिस्थितिको भागिदार सम्बन्धित पक्ष नै हुने व्यहोरा पनि यो ज्ञापनपत्रमार्फत् जानकारी गर्दछौं–
१) विभिन्न वैदेशिक रोजगार कम्पनीहरुले श्रम मन्त्रालयद्वारा तोकिएको शुल्कभन्दा बढी राजश्व लिने कार्य अविलम्ब बन्द गर्नुपर्ने ।
२) वैदेशिक रोजगार कम्पनीबाट तोकिएको श्रममूल्य नपाउने कार्य बन्द हुनुपर्ने ।
३) वैदेशिक रोजगार कम्पनीलाई मानव तस्करी गर्नबाट मुक्त बनाइनुपर्ने ।
४) प्रहरीको मिलेमतो र राजनीतिक संरक्षणमा अवैध धन्दा गर्ने कम्पनीहरु खारेज गर्नुपर्ने ।
५) राज्य (श्रम मन्त्रालय) लाई बुझाउनुपर्ने करमा भएको ठगीलाई नियन्त्रण गर्नुपर्ने ।
६) घरेलु कामदारको नाममा विदेश पु¥याएर महिलाहरुमाथि हुने शोषण वा बेश्यावृत्ति गर्न बाध्य तुल्याइने चेलीबेटी बेचबिखन जस्तो जघन्य अपराध गर्ने कम्पनीलाई तुरुन्त कार्वाहीको दायरामा ल्याइनुपर्ने ।
७) वैदेशिक रोजगारीमा गई अलपत्र परेका नेपाली युवाहरुलाई कम्पनीको सहमति–पत्र अनुसार नगरी बेवास्ता गर्ने कम्पनीहरुलाई खारेज गर्नुपर्ने ।
८) स्वास्थ्य परीक्षणलगायत विभिन्न बहानामा रकम असुली गर्ने कम्पनीलाई बन्द गरिनुपर्ने ।
९) ‘फ्रि भिसा, फ्रि टिकट’ लाई कम्पनी अनुकूल दुरुपयोग गरिएका कम्पनी र त्यसका मालिकलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने ।
१०) युवाहरुलाई स्वदेशमा रोजगारी दिलाएको बहानामा परनिर्भर बनाएर गुण्डागर्दीको रुपमा आफू अनुकूल चलाउने कम्पनीलाई रोक्नुपर्ने ।
११) कार्यालय सहयोगीको रुपमा काम दिलाएको नाममा महिलाहरुमाथि हुने शारीरिक शोषणको अन्त्य हुनुपर्ने ।
१२) कम्पनीभित्र हुने दलालीलाई तुरुन्त बन्द गर्नुपर्ने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK