
काठमाडौं – निर्वाचन आचार संहिताभित्र मन्त्रिपरिषद बिस्तार गरेर आलोचित भएका प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको चुनावी मोर्चा समाल्न २ नम्वर प्रदेश पुगेका छन् । प्रधानमन्त्री देउवासँगै पार्टीका प्रभावशाली शिर्ष नेताहरु २ नम्वर प्रदेशमा झरेको कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइराला र विमलेन्द्र निधि २ नम्वर प्रदेशमा पुगेका छन् ।
कांग्रेसका शिर्ष नेताहरु २ नम्वर प्रदेशका प्रत्येक जिल्लामा २ दिन बस्ने भएका छन् । प्रधानमन्त्री देउवा एमाले वरिष्ठ नेता माधव नेपालको क्षेत्र रौतहटमा २ दिन, राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरको जिल्ला सर्लाहीमा २ दिन बस्ने भएका छन् ।
कांग्रेसलाई २ नम्वर प्रदेशमा पहिलो बनाउन देउवाले पार्टीको सवै शक्ति परिचालन गरेका छन् । ६ वटा प्रदेशको निर्वाचन हुँदा देउवाले केन्द्रीय सदस्यहरुलाई जिल्ला कमाण्डर बनाएर पठाएका थिए । तर मधेस क्षेत्र रहेको २ नम्वर प्रदेशमा भने आफैले कमाण्ड समालेका छन् ।
नेकपा एमालेले पनि आफ्ना सवै प्रभावशाली नेताहरुलाई मधेश पठाइसकेको छ । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल, सचिव योगेश भट्टराई, गोकर्ण बिष्टलाई मधेश पठाइसकेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मधेसमै छन । नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, गृहमन्त्री जनार्दन शर्मा पनि मधेसमै केन्द्रीत भएका छन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्