काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसभित्र हावी रहेको रवैया कायमै रहे उसको हालत अबका दिनहरुमा प्रजा परिषदको जस्तै हुने टिप्पणी गरेका छन् । प्रेस चौतारी चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले सत्तामा बसेर जनविरोधी कामहरु धेरै गर्दै गएकोले उसको भविष्य प्रजा परिषदको जस्तै हुने दावी गरेका हुन् ।
भ्रष्टाचारीलाइ पनि निर्वाचनमा भाग लिन पाउनुपर्ने भन्दै कांग्रेसले दर्ता गराएको संशोधन प्रस्ताव अत्यन्तै लज्जास्पद भएको उनले बताए । ‘भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने प्रस्ताव दुनियालाई नै लज्जित बनाउने विषय हो, यसले कांग्रेसको साखलाई नै गिराएको छ,’ नेता नेपालले अगाडि थपे, ‘यस्तै हो भने स्वाभिमानी नेपालीहरु जो देशको प्रगति र उन्नति देख्न चाहन्छन् उनीहरु किन कांग्रेसमा बस्ने ?’ साथै उनले अब कांग्रेस ‘आउट डेटेड’ औषधि जस्तो भएको भन्दै नेता नेपालले अब कांग्रेसले देशका लागि दिनसक्ने केही नभएको समेत ठोकुवा गरे ।
प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा बोल्दै नेपालले देउवाले लम्पसारवादको एक नमुना पेस गरेको आरोप पनि लगाए । ‘प्रधानमन्त्री भारत भ्रमणमा त जानु भयो, तर लम्पसार परेर आउनुभयो’, नेता नेपालले भने, ‘नेपालको आन्तरिक विषय, सार्वभौम संसदको अधिकारको विषयमा भारतलाई समेत हकदार बनाउने प्रयास उहाँले गर्नुभयो ।’
त्यसैगरी नेता नेपालले एमालेमाथि मधेशमा भइरहेको निरन्तरको आक्रमण अतिवादी राजनीतिक र अपराधिक मानसिकताबाट सिर्जित भएको भन्दै यसमाथि कडा कदम चाल्न सरकारसँग माग गरे ।जनताको मनमनमा एमाले भएकोले जसले जतिसुकै एमाले मधेसविरोधी भनेर प्रचार वा आक्रमण गरे पनि प्रदेश नम्वर २ मा एमाले नै पहिलो पार्टी दावीसमेत उनले गरे । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्