×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उम्मेदवार छनोटको विषयलाई लिएर कांग्रेस सिरहामा खुकुरी हानाहान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उम्मेदवार छनोटको विषयलाई लिएर कांग्रेस सिरहामा खुकुरी हानाहान

Artha Sarokar

२१ भाद्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिरहा – २ नम्बर प्रदेशमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनौटको विषयलाई लिएर सिरहामा नेपाली कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।
बुधबार सिरहा नगरपालिकाको मेयरमा कांग्रेसले पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा सुवासचन्द्र यादवलाई उठाउने भएपछि पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यकर्ता घाइते भएका छन् ।
सिरहा क्षेत्र नम्बर ३ का सभापति संजय प्रकाश यादवले मंगलवार साँझ पार्टी कार्यालयमा सिरहा नगरपालिकामा सिफारिस भएका वडा अध्यक्षहरुको लागि मनोयन पत्र लिन पुुगेका थिए । तर, उनलाई कार्यालयका सचिव रामबाबु यादवले दिएनन् ।
बुुधवार पुनः मनोयन पत्रका लागि जाँदा पनि कार्यालय सचिव रामबाबु यादवले विवाद गरेपछि झडप भएको हो ।
उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवाचन्द्रको विरोध गरेपछि विवाद सृजना भएको थियो ।यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए । विवादले उग्ररुप लिँदा खुकुरी हानाहान भएको हो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी