कलैया – मतगणनाका क्रममा राजनीतिक दलका प्रतिनिधिले विवाद निकालेपछि वारा जिल्लाका १६ स्थानीय तहमध्ये ४ तहको मतगणना रोकिएको छ । जिल्लाको कोल्हवी नगरपालिका, आदर्श गाउँपालिका, बारागढी गाउपालिका र सुवर्ण गाउँपालिकमा मतगणना रोकिएको प्रमूख निर्वाचन अधिकृत रितेंद्र थापाले बताए। बारागढीमा आइतबार साँझदेखि रोकिएको छ भने अन्य तहमा मंगलबारदेखी गणना हुन सकेको छैन ।
कोल्हवी नगरपालिकामा मतपरिणामको विषयलाई लिएर विवाद निस्केपछि दलीय बैठक बसेर सहमतिको प्रयास खोजिदैछ । मतगणनामा खटिएका कर्मचारीले एमाले मेयर उम्मेदवार भरत भण्डारीको मत बढी सार्वजनिक गरेको भन्दै अन्य दलका प्रतिनिधिले विवाद निकालेपछि मतगणना रोएिको हो । प्रमुख निर्वाचन अधिकृत थापाले कर्मचारीले माइकिङ गर्ने बेला भुलबस बढी उल्लेख गरेपछि विवाद निस्किएको र छलफल गरेर टुंग्याउने प्रयास भइरहेको बताए ।
आदर्श कोतवाल गाउँपालिकामा पनि मतपरिणामको विषयलाई लिएर गणना रोएिको छ । बारागढी गाउँपालिकामा दुइदिन देखी गणना हुन सकेको छैन । नेकपा माओवादी केन्द्रका प्रतिनिधिले आफ्नो उपस्थितिबिना मतपेटिका खोलिएको भन्दै गणना रोकेको निर्वाचन अधिकृत थापाले बताए । मुचुल्का उठाउने क्रममा सबै प्रतिनिधिको उपस्थितिमा खोल्नुपर्ने सहमति भएपनि माओवादी प्रतिनिधि मतगणनास्थलमा नरहेका बेला मतपेटिका खोलिएपछि विवाद उत्पन्न भएको हो । गणना सुरु गर्नका लागि छलफल भइरहेको छ ।
सुवर्ण गाउँपालिकामा नेपाली कांग्रेसका प्रतिनिधिको अवरोधका कारण गणना रोकिएको छ । गणना सुरु हुनुअघि बसेको दलीय बैठकमा पहिलो र अन्तिम वडा खोलेर क्रमश त्यसैअनुसार गणना गर्ने सहमति भएपनि कांग्रेसका प्रतिनिधिले दुई नम्बर वडा पहिला खोल्नुपर्ने अडान लिएपछि समस्या भएको निर्वाचन अधिकृत थापाले बताए । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्