काठमाडौं – विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन् ।
भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
दार्जिलिङ्ग बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जिलिङ्ग र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिलाजस्तै सामान्य र सुचारु भएको छ ।
पश्चिम बङ्गालबाट टुक्रिई दार्जिलिङ्ग र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य–गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै दार्जिलिङ्गको गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एकसय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो ।
गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता बिमल गुरुङ्गले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्यमार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेका जनाइएको छ ।
दशैं तिहारजस्ता ठूला चहाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्