
काठमाडौं – राजनीति र कानुनी दाउपेजको कोपभाजनमा परेरे पदबाट राजीनामा दिएका डीआइजी नवराज सिलवाल अक्सफर्ड युनिर्भसिटीको बिद्यार्थी हुने भएका छन् । पहिलो वरियताका डीआइजी सिलवाल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको कोपभाजनमा परे । सत्ताको दाउपेजमा परेका सिलवालले कानुनी लडाई पनि हारे ।
राजनीतिको चक्रब्यूहमा फेसका डीआइजी सिलवाल नेपाल प्रहरीको आइजीपी बन्न सकेनन् । आइजिपी बन्न नसकेपछि उनले २९ बर्षे प्रहरी संगठनको जागिर छोडे र अक्सफर्ड युनिर्भसिटीमा भर्ना हुने निर्णय लिए् । उनी केही समयमै अक्सफोर्डतिर जाने तयारी गर्दैछन् ।
सेन्ट म्यारीका पटर हुन् सिलवाल । प्रहरी संगठनमा आफ्नो क्षमता प्रर्दशन गरेका सिलवालले फेरी बिद्यार्थी हुने निर्णय लिएका छन् । सर्वाेच्च अदालतले सरकारका पक्षमा निर्णय दिएकै दिन उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । बुधवार उनले आफ्नो राजीनामा प्रहरी प्रधान कार्यालयमा पठाएका छन् ।
प्रहरी संगठनबाट अलग भएको घोषणा गर्दा सिलवालले समाजसेवामा लाग्ने अठोट गरेका थिए । तर अक्सफोर्डमा उनी के र कस्तो बिषयमा अध्ययन गर्दैछन् त्यो भने उनले खुलाएका छैनन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्