Skip to content
LAXMI SUNRISE BANK

देउवाले रिजेक्ट गरे बोहोरालाई, मन्त्री बन्न नपाए नयाँ पार्टी नै फुटाउने धम्की

अर्थ सरोकार

काठमाडौँ – मन्त्रीका लागि नवगठित राप्रपा प्रजातान्त्रिकका नेता दिपक बोहोरालाई मन्त्री बनाउनका लागि पार्टी अध्यक्ष पशुपतिशमसेर राणाले गरेको सिफारिसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेपछि राप्रपा प्रजातान्त्रिकभित्र विवाद उत्पन्न भएको छ ।
आयल निगम प्रकरणमा विवादमा तानिएका कारण बोहोरालाई मन्त्री बनाउन नसकिने भन्दै देउवाले अडान लिएका हुन् ।चार मन्त्री र राज्यमन्त्री लिएर देउवा नेतृत्वको सरकारमा सहभागी हुन पहल गरिरहेका राणालाइ बोहोरालाई हटाएर अरुजतिको नाम ल्याउनका लागि देउवाले आग्रह गरेको स्रोतले बताएको छ।
आफू राप्रपा प्रजातान्त्रिकलाई सरकारमा ल्याउन तयार रहेको तर बोहोरालाई भने तत्कालीन अवस्थामा सहभागी गराउन नसकिने स्रोतले बताएको छ ।उनले राणाओ पार्टीलाई तीन मन्त्रालय दिने समेत बताएका थिए । आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएका कारण बोहोरालाई देउवाले नरुचाएको स्रोतले बतायो।
राणाले प्रधानमन्त्रीको आग्रह अनुरुप बोहोराको नाम कटाएर सुनीलबहादुर थापा, विक्रम पाण्डे र रामकुमार सुब्बाको नाम मन्त्री बनाउन खुसुक्क प्रधानमन्त्रीलाई दिएपछि विवाद शुरु भएको स्रोतले बतायो । बोहोराले मन्त्री बन्न नपाए राप्रपा प्रजातान्त्रिक नामको नयाँ पार्टी नै फुटाउने धम्की दिएको स्रोतले जनाएको छ । – एस काठमाडौँ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK