
सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं ८ मा भएको मतदानको मतगणना सकिंदा ३१ मत हराएको पाइएको छ। उक्त वडाबाट दुई मतदान केन्द्रमा गरी जम्मा १४४१ मत खसेकोमा गणना सक्दा १४१० मत मात्र देखिएको छ। ३१ मत हराउदा उक्त वडामा राजपाका लक्ष्मीप्रसाद मण्डललाइ विजयी घोषणा गरिएको छ।
उनलाई १९ मतअन्तरका साथ विजयी घोषणा गरिएको हो। उनका प्रतिष्पर्धी फोरम नेपालका वडाध्यषका उम्मेदवार सत्यनारायण यादवले मतगणनामा संलग्न कर्मचारीले ३१ मत लुकाएको आरोप लगाएका छन् ।‘१९ मतको फरक छ, ३१ मतपत्र हराएको छ,’ फोरम उम्मेदवार यादवले भने, ‘कर्मचारीले जानाजान मतपत्र लुकाएका छन् ।’
यादवले मतगणना गर्ने कार्यमा संलग्न कर्मचारी राम सिंहले मतपत्र लुकाएको आरोप लगाएका छन् । राजपा नेपालका तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका सतिषकुमार सिंहको नजिकको व्यक्ति भएका कारण कर्मचारी रामसिंहले मतपत्र लुकाएको यादवले आरोप लगाए । उनले आफना मतगणना प्रतिनिधिले पटकपटक आग्रह गर्दा पनि निर्वाचन अधिकृतले नसुनेको बताए । कर्मचारी सिंह तिलाठी कोईलाडी-४ का वडा सचिव हुन् ।
तिलाठी कोईलाडी गाउँपालिकाका निर्वाचन अधिकृत हिमालयकुमार त्रितालले मतपेटिकामा भेटिएको मत गनेको बताए । उनले ३१ मत कहाँ गयो भन्ने कुरा आफूले बताउन नसक्ने बताए । उनले ८ नम्बर वडाको गणनापछि विवादमा तानिएका कर्मचारी राम सिंहलाई गणना प्रक्रियाबाट निकालिएको बताए । सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले सिंहलाई गणनाबाट निकालेको पुष्टि गरे । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्