महोत्तरी – जसरी पनि तेश्रो चरणको स्थानीय चुनावमा पहिलो पार्टी बन्ने अठोटका साथ् प्रचारप्रसार त चुनावी तयारीमा लागेका महोत्तरीका राजनीतिक दलहरुले गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन अझै रोकिन सकेको छैन।
प्रचारप्रसार सुरू भएदेखि नै आचारसंहिता उल्लंघनमा उत्रेका यहाँका ठूला राष्ट्रिय पार्टीहरू, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपादेखि लिएर मधेशवादी दलहरू राजपा, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम सबैले अहिले आचारसंहिता उल्लंघनलाई चरम बिन्दुमा पुर्याएको देखिएको छ ।
१० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लाबाट ७२० पदका लागि ४४१० जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमा रहेका प्राय सबै दलहरुले आचारसंहिताको उल्लङ्घन गरिरहेका छन्। आआफ्ना राजनीतिक एजेण्डासहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा यहाँका नेता र पार्टीहरु आचारसंहिताको विपरीत भोट माग्ने र मतदातालाई आआफ्ना पक्षमा पार्ने काममा लागेको देखिएको छ ।राजनीतिक दलहरुले सार्वजनिक स्थलमा पोस्टर, पम्फलेट, सभा सम्मेलनदेखि लिएर ठूलठूलो आवाजमा २४ घण्टा लाउडस्पिकर बजाएर प्रचारप्रसार गरेको पाइएको छ ।
जिल्लाका प्रत्येक गाउँ ठाउँको बिजुलीको पोल, टेलिकमको पोल र रुख बिरुवामा अहिले विभिन्न पार्टीका झण्डा टाँगिएको देख्न सकिन्छ । त्यस्तै, ठूलठूला आकारका पोस्टर पनि टाँगिएको देख्न सकिन्छ । यहाँका उम्मेदवारले आचारसंहिता विपरीत दर्जनभन्दा बढी गाडी, सयौँ मोटरसाइकल र ठूलठूला ब्यानर लिएर प्रचारप्रसारमा उत्रेका छन् । त्यस्तै, यहाँका प्रत्येक पार्टीले आफ्नो पार्टीको छाप अंकित भेस्ट, टोपी लगाएर सयौँ कार्यकर्तालाई सडकमा उतारेका छन् । साथै बालबालिका पनि प्रयोग गरिएको देखिएको छ ।
यसका अलावा उम्मेदवारले मतदातालाई रिझाउन झुठो बाचा, विभिन्न प्रलोभन र पैसा बाड्ने काम पनि गर्ने गरेको सर्वसाधारण मतदाता बताउँछन् । एक दुईदिन निर्वाचन आयोगले सुरक्षाकर्मी र प्रशासन लगाएर यहाँका उम्मेदवारले झुन्ड्याएको पोस्टर, पम्फलेट र झण्डा हटाए पनि अहिले आयोग पनि उदासीन रहेको देखिएको छ । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्