Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंक इन्टरनेशनलका डेपुटी सीईओले गैरकानुनी काम गरेको खुलासा, आइक्यानले गर्यो कारवाही !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनलका डेपुटी सीईओ गणेश राज पोखरेलले गैरकानुनी काम गरेको खुलासा भएको छ । उनले एक विद्यालयको ‘डबल अडिट’ गरेको अभियोगमा अख्तियारमा उजुरी परेपछि अख्तियारले नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा अनुसन्धानका लागि सिफारिस गरेको थियो भने उक्त सिफारिसका आधारमा अनुसन्धान गर्दा दोषी ठहरिएपछि उनलाई कारवाही भएको खुलासा भएको छ । उनी दर्तावाला लेखापरिक्षक हुन् । नियम अनुसार कुनैपनि संस्थाको ‘डबल अडिट’ गर्नु गैरकानुनी हो । डबल अडिट भन्नाले दुइवटा ब्यालेन्ससिटमा अडिटरको अभिव्यक्ति दिनुलाई मानिन्छ । उनले गरेको यस्तो गैरकानुनी काम उपर आइक्यानको अनुसासन समितिले उनको ‘अडिट लाइसेन्स’ ३ महिनासम्म सस्पेन्डसमेत गरेको खुलासा भएको छ ।
चार्टड एकाउन्टेन्टहरुलाई एक व्यक्ति एक पेशाको नीति लागु भएपनि दर्तावाला लेखापरीक्षकहरुलाई भने यो नियम लागु भइसकेको छैन । यहि कारण गणेश राज पोखरेलले बैंकको जागिर अलावा विभिन्न संस्थाको पार्ट टाइम लेखापरिक्षणको काम समेत गर्ने गरेका छन् । यसअघि पनि बैंकको जागिरको अलावा गरिने पार्टटाइम अडिट काममा गुणस्तर नहुने भन्दै एक व्यक्ति एक पेशाको नीति आरएहरुलाईसमेत लगाउनु पर्ने भन्दै आइक्यानमा आन्दोलनसमेत भएको थियो । तर आइक्यानको काउन्सिलमा ४ जना आरएकै दबदबा चल्ने हुनाले उक्त नीति पास हुन सकेको छैन ।
को हुन् गणेश राज पोखरेल ?
गणेश राज पोखरेल हाल सिटिजन्स बैंक इन्टरनेशनलका डेपुटी सीईओ हुन् भने सीआइबीएल क्यापिटलका अध्यक्षसमेत हुन् । उनले मेनेजमेन्ट एसोसीएसन अफ नेपाल (म्यान) मा समेत काम गरिसकेका छन् । शंकरदेव क्याम्पसबाट माष्टर्स सकेका उनी दर्तावाला लेखापरीक्षक भएकाले आइक्यानका सदस्यसमेत हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK