×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संचालकको ‘किचकिच’ले सीमा नाघेपछि ग्लोबल आइएमईका सीईओले जागिर छाडे, जनक शर्मा पौडेल विवादमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

संचालकको ‘किचकिच’ले सीमा नाघेपछि ग्लोबल आइएमईका सीईओले जागिर छाडे, जनक शर्मा पौडेल विवादमा !

Artha Sarokar

२० भाद्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – शंकास्पद कारोबार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पूर्ण बैंक खाता विवरण लगी छानविन प्रक्रिया अगाडी बढाएपछी विवादित बन्दै गएको ग्लोबल आइएमई बैंकका सीईओले जागिर छाडेका छन् । संचालक समितिका सदस्यहरुले काम नै गर्न नदिएर जहिलेपनि ‘किचकिच’ मात्र गर्ने, आफ्नो अधिकारअनुसार काम गर्न भन्दा पनि संचालकले जे भने त्यहि मान्नु पर्ने वाध्यता आइपरेपछी ‘अति’ भएपछी उंले सीईओ पदबाट राजीनामा दिएका हुन् । बैंकको उच्च स्रोतले दिएको जानकारी अनुसार उनको राजीनामा गत शुक्रबारनै स्वीकृत भइसकेको छ । यसो त बैंकका अहिलेका डेपुटी सीईओ जनक शर्मा पौडेलले पनि बैंकका सीईओ अनील ज्ञवालीलाई राजीनामा दिन बाध्य बानाउन ‘सुलसुले’को भूमिका खेलेको स्रोतको दावी छ ।    

सेरोमोनियल भएपछि सीईओले जागिर छोडे, डेपुटी सीईओले सुलसुलेको काम गरे 
‘संचालक समितिको ठाडो आदेशमा कर्मचारीको विभाग हेरफेर, अख्तियार काण्ड, लगायतका विभिन्न कुराहरुमा उनलाई संचालक समितिको चर्को दवाव थियो ।’ बैंकका एक उच्च तहका कर्मचारी भन्छन्, ‘क्रेडिटको मान्छेलाई मार्केटिङको जिम्मा दिन लगाइयो, मार्केटिङको मान्छेलाई क्रेडिटमा पठाइयो । बैंकभित्र मनपरी हुन थाल्यो । कसैले कसैलाई नटेर्ने र संचालक समितिका मान्छे निकट कर्मचारीले जस्तो मनलाग्दी गरे पनि हुने प्रवृति हावी भएपछी सीईओ सेरोमोनियलजस्तै भएका थिए । त्यसमाथि अहिलेका बैंकका डेपुटी सीईओ जनक शर्मा पौडेलले पनि अनील ज्ञवालीलाई बैंकबाट निकाल्न ‘सुलसुले’को भूमिका खेलेका थिए । अनील ज्ञवालीलाई जसरी पनि हटाएर आफु बैंकको सीईओ बन्ने उनको रहरले उग्र रुप लिएपछि उनले संचालक समितिका विभिन्न सदस्यलाई उकास्ने काम गरेका थिए । सीईओले  राजीनामा दिएर निकै राम्रो गर्नुभयो। उहाँ तत्काल कुनै बैंकमा गए ग्लोबल आइएमई बैंकमा चन्द्र ढकालका आफन्त बाहेक सबै राम्रा मान्छे अहिलेका सीईओ सर जानुभएकै बैंकमा जान्छन् ।’
जनक शर्मा पौडेलपनि विवादमा !
यता संचालक समितिको व्यवहार मात्र होइन अव बैंकका हुनेवाला सीईओ जनक शर्मा पौडेलप्रतिपनि अधिकांस कर्मचारी रुष्ट छन् । ‘सबै मिडियामा ३ दिने कर्जाका बारेमा सुचना गएछ । हामी ब्रान्च मेनेजरलाई थाहा नै छैन । बैंकका सीईओले जागिर छाडेपछि के के न गर्छु भनेर यस्तो स्किम उनैले डिजाइन गरेका हुन् । तर उनको ढंग नपुग्दा हामीले सास्ती भोगीरहेका छौं । बैंकका अब हुनेवाला सीईओ जनक शर्मा पौडेलपनि बैंकको वातावरण बिगार्ने मध्येका एक हुन् । उनी खास सक्षमताबारे बैंकमै अधिकांस कर्मचारीको नकारात्कम धारणा छ । ‘ बैंकका एक साखाका ब्रान्च मेनेजर भन्छन्, ‘अख्तियारले सबै ग्राहकको विवरण लागेको भन्ने थाहा पाएपछी नयाँ ग्राहक बन्नेको संख्या निकै कम छ । जनक शर्मा पौडेल अख्तियारको भुंग्रोमा पर्ने पनि निश्चित छ । उनी सीईओ भएपछि बैंकको अवस्था झन् नाजुक हुनेमा समेत कुनै शंका छैन । कार्यकाल नसकी उनले राजीनामा दिनुपर्ने अवस्था आउनेमा कुनै शंका छैन । उनी बैंकमा रहिरहे भने बैंक डुब्ने खतरा बढी हुन्छ । ‘ उनले भने । 
आफ्नो कर्तुत लगाउन बैंकका कर्मचारीको यस्तो नाटक !
यसो त यस विषयमा कुराकानी गर्न जनक शर्मा पौडेलले मानिरहेका छैनन् । हामीले ग्लोबल आइएमई बैंकभित्र विभिन्न खाले काण्ड घटेको लगायतका समाचारबारे बुझ्न खोज्दा उनी आफ्नो ल्याण्डलाइनमा हामीसँग सम्पर्कमा आएका छैनन् भने बैंकका कर्मचारी सुनिता शर्मा र गणेश अवस्थीले उनको नम्बर दिन इन्कार गरेका छन् । बैंकको सुचना अधिकारीको नम्बर मिडियालाई नदिने कामले बैंकले आफ्ना कर्तुत कतिसम्म लुकाउन खोजेको छ भन्ने कुरा प्रष्ट पारेको छ ।     
यो पनि पढ्नुहोस् :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी