
काठमाडौँ – विभिन्न स्किमको लोभमा पर्दा अनावश्यक झन्झट बेहोर्नुपरेको ग्राहकको पीडाका उदाहरणहरु थुप्रै छन् । त्यसैलेपनि बैंकम कारोबार गर्दा बिचार पुर्याउनु नै बुद्धिमानी हुन्छ । यसै क्रममा शंकास्पद कारोबार भएको भन्दै अख्तियारले विवरणहरु अनुसन्धानका लागि लागिएको ग्लोबल आइएमइ बैंकमा कारोबार गर्दा पनि होस् पुर्याउनु पर्ने भएको छ । गल्ती नै नगर्दा पनि खाता विवरण अख्तियार पुग्दा त्यसले मानसिक तनाव उत्पन्न गराउन सक्छ । अख्तियारले यस्तै खाता विवरण लागेको थाहा पाएपछी ग्राहकहरुले विश्वास नै गर्न छाडेपछि ग्लोबल आइएमइ बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई भन्दै ३ दिन भित्र नै कर्जा उपलब्ध गराउने स्किम ल्याएको छ ।
कर्जा लिनका लागि धेरै समय लागिरहेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनशिलतामा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयाबधि घटाएको बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । तर बैंकले खुवाउन खोजेको यस्तो ललिपपले भोलिका दिनमा फसिने सक्ने सम्भावना भएको भन्दै सतर्क भएर मात्र बैंकसंग कारोबार गर्न जानकारहरुले सुझाव दिएका छन् । ‘यो नेपाल हो । यहाँ गल्ती गर्नु पर्दैन । गल्ती गरेको ट्याग लाग्यो भने बेइज्जत भइहाल्छ । केहि दिन अघि नलिएको ऋणको तागेता भन्दै एक महिला ग्राहकको फोटो सहित बैंक अफ काठमाडौँले पत्रिकामा छापेपछी कन्चनपुरकि महिला अहिले न्यायका लागि भौतारीरहेकी छिन् ।’ एक जानकारले अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै ग्राहकहरुलाई सतर्क हुन आग्रह गरे ।
यद्यपी बैंकले भने उक्त कर्जा लिन चाहने व्यक्तीले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्रमा नै कर्जा प्राप्त गर्न सक्ने दावी गरेको छ । यस सेवा अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख देखि देखि ५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराईने बैंकले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्