- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५६ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ५७ हजार १ सयमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार ९ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।