- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ५७ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर ५७ हजार ५ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४९ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ७७ रुपैयाँ कायम गरेको छ।