Skip to content
LAXMI SUNRISE BANK

३ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५७ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर ५७ हजार २ सय मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४९ हजार ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK