काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई मर्यादित, स्वच्छ तथा पारदर्शी ढंगले सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहितालाई पूर्णरुपले कार्यान्वयन गर्न/गराउन सरकारलाई सातबुँदे निर्देशन दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकलेसरकारको स्वामित्वमा रहेका वा सरकारी कोष एवं सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्न भनेको छ ।
संयुक्त राष्ट्र संघ, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लगायत अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्नेबाहेक अन्य वैदेशिक भ्रमणमा रोक लगाउने तथा राज्यको प्रतिनिधित्व गर्नेगरी विदेश भ्रमणमा पठाउनुपर्ने भए स्वीकृतिका लागि सहमति माग गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता जारी भइसकेका अवस्थामा कर्मचारीको सरुवा र काज सरुवा नगर्न सरकारलाई निर्देशन दिँदै आयोगले भनेको छ, “प्राकृतिक प्रकोप वा अकल्पनीय घटना, उच्च राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयमा वा राष्ट्रिय गौरवका आयोजनाको हकमा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन गर्दा आयोगबाट पूर्वस्वीकृति लिनेबाहेक अन्य अवस्थामा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन सहमति माग नगर्ने ।”
राजनीतिक नियुक्ति पाएका व्यक्तिले जिल्ला भ्रमण गर्दा निर्वाचन प्रचारप्रसारबाहेक सरकारी काममा मात्र सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिँदै आयोगले प्रधानमन्त्रीलाई हेलिकप्टर प्रयोग गर्दा आयोगबाट स्वीकृति लिन तथा मन्त्री तथा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सरकारी काममा हेलिकप्टर प्रयोग नगर्न भनेको छ ।
आयोगको पूर्वसहमति लिएर मात्र निजी हेलिकप्टर प्रयोग गर्न सरकारलाई सुझाव दिँदै बुधबारदेखि लागू भएको आचारसंहिताको पूर्णरुपले परिपालना गर्ने र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नवराज ढकालद्वारा बिहिबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्