काठमाडौं – नेकपा एमालेले प्रदेश नम्वर २ को निर्वाचनमा बिदेशी शक्तिले चलखेल भइरहेको निक्र्यौल निकालिरहेका बेला गृहमन्त्री जनार्दन शर्माले भारतीय गुप्तचरहरुसँग वीरगञ्जमा गोप्य भेटघाट गरेको अर्काे सुचना पाएको छ । ‘गृहमन्त्रीले भारतीय गुप्तचरहरुसँग मधेसको भूमिमा गोप्य भेटघाट गरेको हामीले सुचना पाएका छौ’, एमालेका एक नेताले भने, ‘सुचनालाई भेरीफाई गर्दैछौ, केही समयपछि बाहिर ल्याउँछौ ।’
भारतीय जासुसी संस्था रअका १० जनाभन्दा बढि प्रतिनिधि यतिबेला प्रदेश नम्वर २ का विभिन्न जिल्ला पुगेका छन् । प्रदेश नम्वर २ को निर्वाचनलाई लक्षित गरी उनीहरु मधेस पुगेको एमालेले बताउँदै आएको छ । ती प्रतिनिधिहरुसँग गृहमन्त्री शर्माले गोप्य भेटघाट भएको तथ्य एमालेले फेला पारेको छ ।
प्रदेश नम्वर २ को उम्मेद्धारी दर्ता हुनुभन्दा ठिक २ दिनअघि गृहमन्त्री शर्मा र भारतीय जासुसबीच भेटघाट भएको थियो । गृहमन्त्रीले झण्डै एक घण्टा लामो भेटघाट गर्नुको कारण एमालेले खोजिरहेको छ । गृहमन्त्रीले भारतीय गुप्तचरसँग भेटघाट गरेपछि एमालेका उम्मेद्धारहरुमाथी सुरुक्षा थ्रेट बढेको एमाले २ नम्वर प्रदेशका सहसंयोजक नागेन्द्र चौधरीले बताए ।
एमाले उम्मेद्धारमाथी भारतबाट दैनिक धम्किहरु आउन थालेका छन् । लहान एमाले उम्मेद्धार मुन्नी साहको घरमा बम विस्फोट पनि गराईको थियो । एमाले उम्मेद्धारमाथी निरन्तर धम्कि आउन थालेको भन्दै एमाले सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराईले आपत्ति जनाएका छन् । प्रदेश नम्वर २ बाट ताप्लेजुड पुगेका भट्टराईले बैदेशिक चलखेल भइहरेको बताए । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्