Skip to content
LAXMI SUNRISE BANK

आकस्मिक नेपाल-चीन सीमानाकामा पुगे भारतीय राजदूत मञ्जित पुरी

अर्थ सरोकार


काठमाडौं – भारतीय राजदूत मञ्जित पुरी आकस्मिक नेपाल–चीन सीमानाका हिल्सा पुगेका छन् । भारतीय जासुसी संस्था रअका प्रतिनिधिहरु लिएर राजदूत पुरी हिल्सा पुगेका हुन् । पुरीले आफ्नो भ्रमणलाई नितान्त नीजि र व्यक्तिगत भेटघाट भएको बताएका छन् ।

पुरी पुग्नुभन्दा अगाडी नेपाल सरकारले हिल्सा–सिमकोट सडक आयोजनाको स्थलगत अध्ययन एक टोली पठाएको थियो । सोही टोलीसँग भारतीय राजदूतले भेटघाट गरेका छन् । हुम्लामा तीन घण्टा विताएका पुरीले केही नेपाली प्रतिनिधिहरुसँग भेट गरेका थिए ।

बर्षेनी सयौको संख्यामा भारतीय नागरिक कैलाश मानसरोवर जाने गर्दछन् । उनीहरु जाने बाटोको बिषयमा जानकारी लिन राजदूत पुरी हिल्सा पुगेको दूतावासले जनाएको छ । – एस काठमाडौँ 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK