×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्माणसम्बन्धि जानकारी दिन जगदम्बाको एप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

निर्माणसम्बन्धि जानकारी दिन जगदम्बाको एप

Artha Sarokar

२९ भाद्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जगदम्बा सिमेन्टले हालै हाम्रो घर भन्ने मोबाइल एप बजारमा ल्याएको छ । जगदम्बा सिमेन्ट उद्योगले दुवै उद्योगबाट विभिन्न व्राण्डहरु उत्पादन गर्दै पूर्व मेची देखि पश्चिम महाकालीसम्म उत्पादन बिक्री वितरण गर्दै आइरहेको छ ।
नेपालमा प्रविधीको प्रयोगका कारण नेपाली जनमानसको जीवनस्तर सहज र समृद्ध बनाउने उदेश्यले कम्पनीले यो एप ल्याएको हो । नेपाली सिमेन्ट उद्योगको इतिहासमा नेपालमै पहिलो पटक निर्माण सम्बन्धी हरेक जिज्ञासाको समाधान गर्ने उदेश्यले जगदम्बा सिमेन्टले एप ल्याएको हो ।
यो एप घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन लगायत सम्पुर्ण उपभोक्ताहरुका लागि अत्यन्त उपयोगी छ ।
यस एपमा निर्माण सामाग्रीको खोजी, सिमेन्टको गुणस्तर प्यारामिटर, भूकम्प सुरक्षा, जगदम्बा सिमेन्टको प्रोफाइल, रिपोर्टका साथै कहा खरिद गर्नेदेखि युनिट कर्भटर र कम्पास लागयका विशेषता छन् । एप मार्फत् नेपालको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उपभोक्ताले जगदम्बा सिमेन्टका बिक्री टिमसंग सिधै सम्पर्क गर्न सकिनेछ ।
जगदम्बा योगदान, जगदम्बा प्रयोग विधी, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेष जस्ता उपभोक्ता केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यो एपको नाम हाम्रो घर मोबाइल एप रहेको छ भने एनरोइड फोनमा रहेने प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी