
काठमाडौं – चर्चित अभिनेत्री तथा नया शक्ति नेपालकी नेत्री करिष्मा मानन्धरले विद्यालय भर्ना गरेकी छिन् । ७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा आएको बताउने करिष्माले यो वर्ष कक्षा ९ मा भर्ना गरेकी हुन् ।
गत वर्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सांसद समेत रहेकी गीता राणाको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल (कक्षा आठ) पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् ।
यसवर्ष भने उनी मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन् । नयाँ शक्ति पार्टी नेपालले सोमबार सीमित सञ्चारकर्मीसँग गरेको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा करिष्माले आफूले विद्यालय अध्ययन गर्न थालेको खुलासा गरेकी हुन् ।
‘गत वर्ष मैले गीता म्या’मको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल दिएको हो । यो वर्ष मैतीदेबीको त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएर पढ्दै आएको छु ।सिनेमा त मैले पिएचडी नै गरेँ भने पनि हुन्छ, तर औपचारिक शिक्षा भने भएन, त्यही अभाव पूरा गर्न अहिले अध्ययन थालेको हुँ।’ उनले भनि।
सो क्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आर्यघाटमा नपुगेसम्म पढ्ने र सिक्ने क्रम नसकिने भन्दै करिष्माले अध्ययन थालेकोमा खुसी व्यक्त गरे । यता करिष्यमाकी एकमात्र छोरी कबिता हाल स्नातक तहमा अध्ययनरत रहेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्